जाडो याममा प्रायजसो सुत्केरी, बालबालिकातथा बृद्धबृद्धालाई चिसो लाग्नबाट जोगाउन उनीहरु सुत्ने कोठा न्यानो पार्ने गरिन्छ । जसका लागि झ्याल, ढोका थुनेर गुइठा, कोईला, दाउरा, ग्यास हिटर आदि जस्ता कार्बनयुक्त इन्धनका स्रोतहरु बालिने गरिन्छ ।
यदि त्यस्तो कोठामा हावा ओहोरदोहोर गर्ने उपयुक्त भेन्टिलेशननभएको खण्डमा कोठामा रहेको सिमित अक्सिजन आगो बल्नमा खपत हुने गर्दछ र ‘कार्बनडाइअक्साइड’ नामक ग्यास निस्कने गर्दछ ।
उक्त ग्यासको मात्रामा वृद्धि भए संगसंगै कोठामा अक्सिजनको अभाव हुन गई कार्बन (इन्धन) पूर्ण रुपमा जल्न पाउंदैन । जसको फलस्वरुप उक्त इन्धनबाट रासायनिक भाषामा ‘कार्बन मोनोअक्साइड’ वा छोटकरीमा ‘सिओ’ भनिने विषालु ग्यास उत्पादन हुने गर्दछ ।
जसका कारण उक्त प्रकारका कोठामा रहेका (प्राय सुतेका) व्यक्तिहरुमा श्वासप्रश्वासका क्रममा अत्याधिकमात्रामा उक्त ग्यास शरीर भित्र प्रवेशगरी ज्यानसम्म जाने गर्दछ । जसलाई ‘ग्यास पोइजनिंग’ वा ‘सिओ पोइजनिंग’ भनिन्छ।
के हो ‘सिओ’?
कार्बन मोनोअक्साइड (सिओ) एक प्रकारको विषालु ग्यास हो । यसको कुनै पनि रङ्ग, गन्ध तथा स्वाद नहुने भएकाले यसको उपस्थिति तथा यसले परेको असर सुरुवातमै थाहा पाउन ज्यादै गाह्रो हुने गर्दछ ।
उक्त प्रकारको बिषालु ग्यास कार्बनयुक्त पेटूोलियम पदार्थ, कोइला, काठ, दाउरा, खाना पकाउने ग्यास, कोठा तताउन प्रयोग हुने ग्यास हिटर, पानी तताउन प्रयोग गरिने ग्यास गिजर, गोबर ग्यास, खर,पराल, गुइठा, धान, मकै आदिका ढोड, कागज आदि जस्ता प्राङ्गारिक (अर्गानिक) पदार्थहरुको पर्याप्त अक्सिजनको अभावमा आंशिक रुपमा प्रज्वलनपश्चात् उत्पति हुने गर्दछ ।
प्राङ्गारिक पदार्थहरु (इन्धन) पर्याप्तमात्रामा अक्सिजन पाइ पूर्ण रुपमा प्रज्वलन भएको अवस्थामा भने ‘कार्बनडाइअक्साइड’ नामक ग्यास उत्पति हुने गर्दछ । जुन कार्बन मोनोअक्साइडको तुलनामा कमै मात्र विषालु हुने गर्दछ ।
लक्षणहरु ?
सुरुवाती लक्षणहरुमा टाउको हलुका भएझैँ लाग्ने, भ्रम सृजना हुने, टाउको दुख्ने, रिंगटा लाग्ने, वाकवाकी लाग्ने, वान्ता हुने आदि देखापर्ने गर्दछन् ।
तर ग्यासको मात्रा बढ्दै जाँदा स्मरण शक्ति तथा आँखाको दृष्टि कमजोर हुने, रक्तचाप घट्ने, ह्दयगति वृद्धि हुने, शरीरमाकम्पन हुने,ओठ निलो हुने, स्नायु प्रणाली, मस्तिष्क तथा मुटुमा असर पर्ने र अन्तयमा वेहोसी अवस्थामै पिडितको ज्यान जाने गर्दछ ।
गर्भवती महिलाहरुमा उक्त ग्यासको असरले उनीहरुको गर्भमा रहेको भू्रणमा समेत नराम्रो असर पर्ने गर्दछ।
असर ?
कार्बन मोनोअक्साइडले हाम्रो रगतमा रहेको हेमोग्लोबिन नामको पदार्थ (यौगिक) संग प्रतिक्रिया गरी ‘कार्बोक्सीहेमोग्लोबिन’ नामको अर्को यौगिक बनाउदछ ।
जसले हेमोग्लोबिनलाई अक्सिजन बोकेर शरीरका कोषिकासम्म पुर्याउन बाट रोक्ने गर्दछ । जसका कारण शरीरमा अक्सिजनको कमी भई सास लिनगार्हो हुने ‘हाइपोजिया’ भनिने अवस्था सृजना हुने गर्दछ ।
जति–जति रगतमा ‘कार्बोक्सीहेमोग्लोबिन’ को मात्रा वृद्धि हुदै जान्छ, बिस्तारै–बिस्तारै सास लिन कठिन हुन थाल्दछ र अन्तयमा व्यक्तिको सुतेकै ठाउमा बेहोस भई निसास्सिएर मृत्यू हुने गर्दछ ।
डिजल वा पेटूोल गाडीको धूँवा निस्कने पाइप थुनिएको अवस्थामा पनि गाडी भित्र उक्त ग्यासको मात्रा वृद्धि हुने गर्दछ । कतिपय व्यक्तिले उक्त अवस्थामा भ्रम पैदा भई भूत–प्रेत तथा आत्माहरु समेत देखेको महसुस गर्ने गर्दछन् । यद्दपी उक्त ग्यासले हेमोग्लोबिनसंग प्रतिक्रिया नगरेसम्म भने असर गर्दैन ।
स्तर ?
यो ग्यास हाम्रो फोक्सोमा सजिलै संग सोसिने गर्दछ । हावामा यसको औसत मात्रा ०.१ पि. पि. एम. (दस लाख हावाका अणुमा ०.१ वटा ) तथा घरमा औसत मात्रा ०.५ देखि ५ पि. पि. एम. हुने गर्दछ ।
तर दाउरा बाल्दा वा कारको धुवामा यसको स्तर ५००० देखि १०००० पि. पि. एम. सम्म पुग्ने गर्दछ । यसको मात्रा १०० पि. पि. एम.(दस लाख हावाका अणुमा १०० वटा ) मात्र भए तापनि हाम्रो शरीरमा नकारात्मक असर पर्न सुरु गर्दछ ।
यदि यसको मात्रा हावामा १ प्रतिशतमात्र पुगेको खण्डमा (१२००० पिपिएम), केवलदुई देखीचार पटक उक्त हावामा सास लिनाले मानिसको ज्यानगने गर्दछ ।
उपचार ?
सिओ पोइजनिंगभएकाव्यक्तिलाई खुलाहावालाग्ने ठाउमा राख्नु पर्दछ। आवश्यक परेमाआफ्नो मुख बिरामीको मुखमाजोडेर जोडले फुकेर कृतिम श्वास प्रश्वास गराउनु पर्दछ। यदि बिरामी बेहोस अवस्थामाभएतुरुन्तनजिकैको स्वास्थ संस्थावाचिकित्सक समक्ष लैजानु पर्दछ।
सिओ पोइजनिंगको उपचारका लागिविरामीलाई मास्कको प्रयोग द्वारा अक्सिजनग्यास दिने गरिन्छ।
अक्सिजनले रगतमा (हेमोग्लोबिन)मामिसिएको विषालु ‘कार्बन मोनोअक्साइड’ ग्यास लाई वाहिर निकाल्न मद्दत गर्दछ। साथै शरीरमाअक्सिजनको स्तर लाई सामान्यअवस्थामा राख्न मद्दत गर्दछ ।
होस पुर्याऔं !
- हावाओहोर दोहोर गर्न नसक्ने कोठामा ग्यास हिटर,दाउरा वा कोइला जस्ता कार्बनयुक्तइन्धनबालेर कहिलेपनि नसुतौं
- बन्द कोठामाकहिले पनिग्यास हिटर, कोईला, दाउरा जस्ता वस्तुहरु नबालौं
- सुत्केरीको कोठा न्यानो पार्नै परेमा झ्याल, ढोका तथा भेन्टिलेशनखुला राखौं तर पूर्ण रुपमाकदापीबन्दनगरौ
- यदिबाल्नै परेमा झ्याल ढोका खोलेर कोठामा हावाओहोर दोहोर गर्न सक्ने बनाऔं
- कोठा निमार्ण गर्दा अनिवार्य रुपमा भेन्टिलेशनराख्ने गरौँ
- कोठा भित्रयदिआगो बाल्ने स्थान (फायर प्लेस) भएमात्यसको चिम्नीथुनिएको छ छैन जांच गरौ यदिथुनिएको पाइएमात्यसलाई हटाऔं
- धेरै वटा मैनबत्तीहरु वा अगरबत्ती (धूप) एकैसाथबालेर कोठामा नछोडौ