बदलिरहेको मौसममा बालबालिकाहरुको स्वास्थ्यको दुश्मन हो। रुघा,खोकी आज भोलि दिनहु बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको ओपीडी,इमेरजेन्सी रुघा,खोकीको साथ अाउने गरेका छन् ।
बदलिरहेको मौसमको साथ शारीरिक समस्याहरु बढी हाल्छ । चिसोले ढोका खटखटाइसकेको छ। यी दिनहरुको असर रुघासर्दीको घर-घरमा देखिन लागेको छ ।केही बालबालिकाहरुलाई नाक बन्द हुने समस्या देखिन थाल्छ, केहीलाई नाकबाट पानी बग्न थाल्छ र केहीलाई त रुघा लागि पनि हाल्छ भने केहीलाई ज्वरोले पनि सताईहाल्छ ।
हरेकपटक मौसम बदल्ने बितिक्कै साधारण समस्याहरु ती बाल बालिकाहरुलाई आफनो कब्जामा गरिहाल्छ, जुन बालबालिकाहरुको रोग प्रतिरोधक शक्ति कमजोर हुन्छ । सर्दी रुघा खोकी यस्तो साधारण समस्याहरु हुन जुन सबैलाई कहिले न कहिले अवश्य परेसान गरिराखेको हुन्छ ।
लापरबाहीको कारणले अनेक रोग लाग्न थाल्छ । चिसो, सर्दी र खोकीको ,भाइरल,बैक्टेरियाहरुलाई फैलाउनकाे लागि चिसो वातावरण र कम तापमान भएकाे एक खास माध्यम सहन बनेकाे हुन्छ ।े
मौसममा बदलाबलाई हेदा विषेश र्सतकता अपनाउनु जरुरी छ। सानो बच्चाहरुलाई सर्दी रुघाको साथै निमोनियाको समस्या सम्भव हुन सक्छ। सबैभन्दा जरुरी चिसो हावाबाट बच्नु हो, बच्चाहरुमा निमोनिया पनि हुन सक्छ ।
जब विरामी हुन्छन् तपाई प्यारो बच्चा आमाबुवाको लागि प्राय यो पत्ता लगाउन मुश्किल हुने गर्छ कि उनको बालबालिका लाई कहिले विरामी परिहाल्यो । झन् शिशु बेचारा त आफनो कठिनाइ बताउन पनि सक्दैन, यसैले तपाईलाई विरामीको लक्षणदेखि जानकारी हासिल गर्नुपर्छ र त्यसमाथि नजर राखनुपर्छ ।
सर्दी रुघाको जानेको पहचाने को लक्षण गलामा खसखस र बगिरहेको नाक एक यस्तो भाइरसको कारण पैदा हुन्छ, जसलाई बर्कोलायिट्स भनिन्छ ,यस माथि एन्टीबायोटिक औषधीहरुको असर नै पर्दैन, यसैले जबसम्म स्वयम् शरिरको प्रतिरक्षा तन्त्र प्रणाली त्यस भाइरससँग लड्नको लागि योग्य बन्दैन, तबसम्म औषधीहरुले त्यसको केही बिर्गान सक्दैन ।
सानो शिशुहरुलाई सर्दी रुघाबाट धेरै परशोनी वास्तवमा नाक बन्द हुनुबाट सुरु हुन्छ, किनकी यस्तोमा दुध पिउने समय वा सुत्ने समय सास लिन मुश्किल हुन थाल्छ, डाक्टरसँग शिशुको बन्द नाक खोल्नेको तरिका सिकीहाल्नु पर्छ ताकि तपाईको शिशु कमसेकम सजिलैसँग सास लिन सकोस् ।
उल्टी, ज्वरो, या भोक नलाग्नु हुने समस्या पनि छ भने यसले शरिरको पानी सकिन लाग्छ, जुन ज्यान लिने सम्मको हुन पनि सक्छ ।यदि निमोनिया छ भने एन्टीबायोटिक औषधीहरु पर्योग गर्नु पर्छ । यदि छाति खराब भए भाप डाक्टरसँग सल्लाह लिएर लिनु पर्ने हुन्छ ।
बदलिरहेको मौसममा यदि तपाईको बालबालिकाको कुनै समस्या भएमा समयमा डाक्टरसँग सल्लाह लिनु पर्छ । बालबालिकामा बदलिरहेको मौसममा बचाउनु पर्छ ।
डा.अरुणकुमार सिंह
बालरोग बिशेषज्ञ, उप-प्राध्यापक ,बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ,धरान