आजकल धेरै मनिसहरु ढाँड दुख्ने, नसा च्यापिएको, खुट्टा झमझम गर्ने, निदाउने जस्ता समस्या लिएर डाक्टरकामा धाउन गरेको भेटिन्छ । कलिलै उमेर भएकाहरु पनि कम्मरको अर्थात मेरुदण्डको हड्डी खिइएको र नसा च्यापिएको भनेर औषधीको सेवनसँगै फिजियोथेरापी गराइरहेको पाइन्छ ।

यी दुबै प्रकृया अपनाउँदा पनि धेरैलाई विसेक नभएर आफ्नो देनिकी नै फेर्नु पर्ने या त जागिर छोडनु पर्ने अथवा घरको काम गर्न नसेकी रहेका सयौ घटनाहरु सुन्न र देख्न पाइन्छ । आखिर कलिलै उमेरमा या त अर्धबैसे अवस्थामा धेरैलाई यो समस्याले किन सताउछ होला त ?

मानिसको शरिर २०६ वटा हाडहरुको अनौठो संरचानाबाट बनेको हुन्छ । शरिर विज्ञानको अध्यायन र अनुसन्धान अनुसार प्रत्येक हाडहरुको आ–आफ्नो महत्व हुन्छ । जस्तै टाउँकामा रहेका कडा हाडहरुको समुह जसलाई स्कल अथवा खोपडी भनिन्छ ।

यसले मात्र हाम्रो मस्तिष्कलाई सुरक्षित राख्ने काम र टाउको हलुका बनाउने काम गर्छ साइनसका कारण । यसले शरिरको वजन उठाउँनमा कुनै भूमिका खेल्दैन । तर, टाउँका देखि तल घाटी छाती पेटको पछाडिको भाग हुँदै अर्थात डडाल्नु कम्मर हुँदै नितम्बसम्म आएका मेरुदण्डका हाडहरुको धेरै ठूलो जिम्मेवारी हुन्छ ।

त्यस्तै हातका र खुट्टाका जोर्नीहरुको पनि शरिरको वजन बोक्न र शरिरलाई हरेक कामको फत्ते गर्न महत्वपूर्ण भुमिका हुन्छ ।

मनिस उमेरसँगै ठूलो हुन्छ । कोही मोटो हुन्छ कोही पातलो । कोही सानै देखि रोगी हुन्छ कोही निरोगी । कोही दुब्ला भए पनि स्वस्थ हुन्छन त कोही मोटोघाटा भएर पनि रोगी हुन्छन् । कोही जति काम गरे पनि धेरै गलेको महशुस गर्दैनन त कोही एकै छिनमा हाप्mन थाल्छन । कोही स्वस्थ भएर लामो समयसम्म बाँच्छन त कोही छिट्टै स्वर्गवासी हुन्छन् ।

यसरी नै प्रत्येक मानिसमा आ–आफ्नो वंशानुगत गुण हुन्छ । जिन अनुसारको विकास र शरिरको बनावट हुन्छ । त्यही हिसावले शरिरका हड्डीहरुको पनि बनावट र विकास हुन्छ । यसमा साँथ दिन्छ हाम्रो वाल्यकालको र अहिलेको पोषण, नियमित व्यायामले अनि हाम्रो दैनिकीले ।

हाम्रो पेटमा खाएको खाना पचिसकेपछि जसरी भोक लाग्छ त्यसरी नै हाम्रो शरिरमा रहेका हाड, मांसपेशी अनि नसाहरुले पनि आवश्यक पोषणसँगै व्यायाम पनि खोजिरहेका हुन्छन । यसको सँगसँगै शरिरको बस्ने पोस्चर र आराम पनि खोजिरहेको हुन्छ ।

लामो समयसम्म बस्नु पर्दा कसरी बस्ने देखि घुडा, कम्मर र घाटीका हाडहरुलाई कुन पोजिसनमा राखेर बस्ने भन्ने कुराको अभाव वा जानेर पनि वास्ता नगरेका कारण अनि बजारमा पाइने क्रितिम खानेकुरा(फास्टफुड) का कारण आज मानिसहरुको रोग प्रतिरोधात्मक क्षमता घटेर गएको पाइएको छ ।

आधुनिक जीवनशैली अपनाउँदा तत्काल मानिसले आन्नद महशुस गर्ला तर दिर्घकालिन रुपमा भने उसले ठूलो असर गरेको र हाड या जोर्नीहरुमा रहने चिप्लो पदार्थ घटेर जाने गर्छ । परिणम हाम्रो शरिरको गति र बिभिन्न पोजिसनमा शरिरलाई मोडदा विशेष गरेर निहुरिदा या सिधा बस्नु पर्दा कम्मर या ढाडमा गासिएर रहेका मासपेशी दुख्ने गर्छ ।

निहुरिएर केहि पनि गर्न हुदैन् । निहुरियोकी सिधा हुन नै नसक्ने अवस्था हुन पुग्छ । ढाँड दुख्ने समस्या यतिमा मात्रै सिमित रहदैन् । बिस्तारै कम्मरका या ढाँडमा रहेका जोर्नीहरुमा पाइने चिप्लो पदार्थ कम हुँदै जान्छ परिणम उठदा बस्ता ती जोर्नीहरुमा बिचलन अर्थात घषर्ण हुन थाल्छ र तलमाथीका हाडहरुको कमलो भाग(कार्टिलेज) खिइन थाल्छ । यो खिइएको एक्स रे बाट देख्न सकिन्छ ।

जब हाडहरुको खिइने क्रम देखा पर्न थाल्छ बिरामीको ढाँडमात्र दुख्तैन शरिरको गति अथवा हलचलसँगै मेरुदण्डको भित्र रहेको स्पाइनल कर्डबाट निस्किने असख्य नसा(नर्भ)हरुमा पनि दबाब पर्न थाल्छ परिणाम कम्मरको या ढाँडको दुखाई नितम्ब, तिघ्रा हुँदै पिडुला या तलसम्म आइपुग्छ ।

यो अवस्था भनेको विरामीको निक्कै जटिल अवस्था हो । विरामीलाई हिडडुल गर्दा होस या उठबस गर्दा निक्कै पीडा हुने गर्छ । कति विरामी त उठबस गर्न नै नसक्ने अवस्थामा पुग्छन् । विशेष गरेर पुठ्ठाका हड्डीमा रहेका प्वालबाट निस्किने खुट्टा तिर आउने ठूलो नसा जसलाई सियाटिक नर्भ भनिन्छ त्यो नसालाई कम्मर या ढाँडमा बढी दबाब पर्ने हुँदा नसा फैलिएको ठाउँ अथवा खुट्टाका बुढीऔलासम्म दुखाई र निदाउने अनि झमझम हुने गर्छ ।

यस्तो अवस्थालाई मेडिकल भाषमा पि. आई. भि. डी. भनिन्छ । र, विरामी सिधा नभएर टेढो भएको र हिँडदा पनि त्यही अवस्थामा हिडने गर्छ ।

अब रोग कसरी पत्ता लगाउने भन्ने कुरा आउछ । यो रोग पत्ता लगाउन धेरै जाँच पडताल गरिरहनु पर्दैन् । विरामीको पुर्ण विवरण र एउटा मेरुदण्डको डिजिटल एक्रे भए धेरै कुरा थाहाँ हुन्छ ।

मात्र मेरुदण्डको कुन चाहि हड्डीमा नसा फसेको या च्यापिएको छ भन्ने कुराको निर्कयोल गर्न एम. आार. आई. गराईन्छ । कुनै कुनै जटिल अवस्था बाहेक सत प्रतिशत विरामीमा हड्रडी खिइएर नसा दबिएको च्यापिएको वा हड्डीले नसा ठेलेका कारण कम्मर र कम्मरदेखि तलको भाग दुख्ने गरेको प्रमाणित हुन्छ ।

उपचार: पहिलो त रोग लाग्नबाट बच्नु या रोग लाग्न नदिनु राम्रो हो । तर, यदि लागी हाल्यो भने सहज उपचार के हो ? सो को जानकारी हुनु जरुरी छ । कुन रोगकालागी कहाँ र कस्ता डाक्टर या असपतालमा जाने भन्ने थाहाँ भएमा चाडै सही उपचार सुरु हुन्छ ।

अहिले पैसामुखी उपचार भएको अवस्थामा त झनै विरामीहरुले महंगो र झन्झटिलो उपचारकासाँथै खचर््िालो पनि भएको छ । तर सेवाभावमा विरामीलाई उपचार सुरु गर्ने हो भने सहजै ठिक हुन्छन् । पहिलो त विरामालिाई तपाइलाई यस्तो समस्या भएको हो भनेर पूर्ण जानकारी गराउनु पर्छ । दास्रो विरामीले तत्काल गर्न हुने र नहुने व्यायाम अथवा काम र उठबसका जानकारी गराउनु पर्छ । तेस्रो आहार । अनिमात्र औषधी ।

माथि भनिसकिएको छ, हाढ खिएर या हाड अथवा जोर्नी बस्ने ठाउँमा थोरै फेरिएर या त जोर्नी भित्रको चिप्लो पर्दाथ कम भएर जोर्नीमा हुने घर्षणमा कमी आए पछि टासिएर रहेका मांसपेसी तन्किएर दुखाई, पोलाई हुने हुँदा आराम, रोगअनुसारको व्यायाम अर्थात फिजियोथेरापी र दुखाई कम गर्ने औषधी को प्रयोग हुने गरेको छ ।

यसकासाँथै क्याल्सियमको मात्र चक्कीको रुपमा अनि धेरै चिन्ता र पिडा भएमा पिडा विर्साउने चक्की । आखिर यो रोगको उपचार त विरामी आफैले सावधानीकासाँथ खानामा प्रसस्त क्याल्सियम पाइने खानेकुरा खाएमा व्यायाम गरेमा बेलै देखि स्वास्थमा ध्यान दिएमा केहि हदसम्म रोकथाम गर्न सकिन्छ भन्नेकुरा देखिन्छ । घर आगनमै उत्पादन हुने कोदो, फापर, दुध, सागपात, दहीमही, घरायसी खानेकुरा,मेथी, गुन्द्रुक आदीमा धेरै क्याल्सियम पाइन्छ ।

बजारका खानेकुरालाई निरोत्साह्ीत गरेर यस्ता खाना खाने, लामो समयसम्म बस्नु परेमा ढाडलाई सिधा पारेर बस्ने टाउको धेरैबेर ननिहुर्याउने किनभने आजकल गर्दनका हड्डी खिइएर गर्दन दुख्ने समस्या वढेको छ । कारण त्यहाँका मसिना हड्डी खिइएर हो त्यसकालागी पनि माथिभनिएका खानेकुरसँगै व्यायाम अनिवार्य हुन्छ ।

लामो समय देखि गरिएको अध्यायन र अनुसन्धान अनुसार हड्डी सम्बन्धी समस्या जस्तै हड्डी खिइएको, नसा च्यापिएको, साइटिका, बाथ रोग, लामो समय देखि ढाँड दुख्ने समस्या र नसा सम्बन्धी समस्याकालागी होमियोप्याथिक औषधी धेरै प्रभावकारी देखिएको छ ।

विश्वका विभिन्न देशमा गरिएको अनुसन्धान र प्रयोगबाट यो उपचार पद्धती सुरक्षित पनि देखिएको र अर्काे रोग निम्ताउँने खतरा पनि देखिन्दैन । अन्त्यमा विरामी वर्गमा आफु सचेत हुन र सही उपचारका बारेमा जानकारी प्रप्त गर्न र अनावश्यक खर्च गरेर महंगा र ठूला भनिएका अस्पताल धाउँनु अघि स्थानिय स्तरमा पनि राय सल्लाह लिन अनुरोध पनि गर्दछु ।

– डा. लेखनाथ न्यौपाने (लेखक होमियोप्याथिक चिकित्सक हुन्)