काठमाडौँ / स्थानीय तहका कर्मचारीले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार समायोजन गर्दा विभेद गरिएको भन्दै देशभरका स्थानीय तहको कामकाज ठप्प पारेका छन् ।
कर्मचारी समायोजन गर्दा निजामतीसरह गर्नुपर्ने लगायतका माग राख्दै कामकाज ठप्प पारिएको स्थानीय तह कर्मचारी सङ्घका अध्यक्ष हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँले समायोजन गर्दा सबै कर्मचारीलाई एउटै नियमअनुसार गर्नुपर्नेमा आफूहरुलाई विभेद गरिएको बताए ।
उनले आफ्नो माग सम्बोधन नभएसम्म आन्दोलनका कार्यक्रम चलिनै रहने जानकारी दिए । अध्यादेशमा सङ्घका निजामती कर्मचारीलाई समायोजनन गर्दा एक तह बढुवा गर्ने व्यवस्था गरेको छ । उनका अनुसार भोलिदेखि तीन दिनसम्म हातमा कालोपट्टि बाँधेर काम गर्ने बताए । पहिलो चरणअन्तर्गत माग सुनवाइ नभए पुनः दोस्रो चरणको आन्दोलन गर्ने उनले जानकारी गराए । देशभरि सबै स्थानीय तहमा स्थायी र अस्थायी गरी करीब २० हजार कर्मचारी रहेका छन् ।