इटहरी/ मेला महाेत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकार देखिएन । पिङ तथा रमाईलो गर्ने कुनै साधन थिएन । तर पायो भने टन्नै खाने, पाईएन भने खाँदै नखाने नेपालीहरुको लागी भने अस्पताल जस्तै बन्यो इटहरीमा लागेको खाद्य मेला ।
त्यहाँ मानिसलाई पोषिलो खानेकुरा चिनाउने र कसरी खाने भनेर सिकाईन्थ्यो । उपभोक्तालाई हाम्रै वरपर भेटिने पोषिला खानेकुरा चिनाउने र खान सिकाउने मेला इटहरीमा आयोजना गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले यो मेलाको आयोजना गरेको हो ।
मेलामा सुदुरपश्चिमको पोसिलो मार्सी चामल देखी पूर्वका एभोकाडो, किवी, हरियो चिया , अकबरे खुर्सानी लगायतका खानेकुराहरुका स्टल मात्र थिएन कसरी खान्ने भन्ने सिकाइयो ।
झापाका व्यवसायी टंक लुईटेलले उपभोक्तालाई पोसिला खानेकुराको बारेमा जानकारी दिन स्टल राखेको बताउँछन्।
उनी भन्छन् पूर्वका हरियो चिया, अकबरे, एभोर्काडो,भुँई स्याउ लगायतका खानेकुरा राख्नुभएको छ । यस्ता खानेकुरा खाएमा मानिस स्वस्थ हुने उनको दाबी छ । हामी खानै जान्दैनौँ खादा पनि कसरी खाने थाहै छैन उनी थप्छन् ।
इटहरीमा नाच्ने गाउँने मेला धेरै हुन थालेका छन् । तर पहिलो पटक खानेकुरा र खान सिकाउने खाद्य मेला आयोजना गरिएको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रणा कार्यालयले ठिक ठानेका ६० वटा स्टल राखिएका छन् । अर्गानीक भनि राखिएका ध्यू,मह, चिया, अकबरेका स्टलहरुमा पनि उपभोक्ताको रुचि बढेको बताउँछन् मेला घुम्न गएका पशुपति केबल इटहरीका प्रमुख मुकुन्द्रराज भट्टराई ।
जसमध्ये पछिल्लो समय निकै चर्चामा आएको मार्सी चामल पाईने स्टलमा उपभोक्ताको निकै ठुलो भिड थियो । मेलामा हाम्रा परम्परागत पोसिला खानेकुरालाई कसरी मोर्डनाईज गरि प्रयोगमा ल्याउन सकिन्छ भन्ने कुरा केन्द्रीय खाद्य प्रविधि क्याम्पसका विद्यार्थीहरुले सिकाईरहेका थिए केन्द्रीय खाद्य प्रविधि क्याम्पसका विद्यार्थी सन्तोष थापा ।
उनी भन्दै थिए स्वास्थ्य नै ठुलो धन हो खानपिनमा ध्यान दियौँ ।
हाम्रो शरिरलाई दैनिक कति शक्ति चाहिन्छ ? उमेर अनुसार कति तौल हुनपर्छ भन्नेकुराको जाँच गरी एक दिनमा के कस्ता खानेकुरा खानुपर्छ भन्ने कुरा पनि मेलामा उपभोक्तालाई सिकाइएको केन्द्रीय खाद्य प्रविधि क्याम्पसका विद्यार्थी प्रज्जवल दुलाल बताउँछन् ।
यो सँगै मानिसको स्वास्थ्य चेक गरी शरिर अवस्था पनि जानकारी गराएको थियो ।
खाद्य वस्तुको गुणस्तर नियन्त्रण र नियमन गर्दै आएको कार्यालयले उपभोक्तालाई सचेतना फैलाउन मेलाको आयोजना गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख प्रमोद कोईरालाले बताउँछन् ।
बजारमा अखाद्य वस्तु मिश्रित खानेकुरा छ्यापछ्याप्ती भेटिन्छन् ।तर उपभोक्ताहरुलाई त्यसबाट बच्दै पोसिलो खानेकुरा खान पोत्साहन गर्ने यो मेला उपभोक्ताका लागि निकै फलदायी देखिएको छ ।
सरकारले यस्ता प्रवर्धनात्मक कार्यक्रमलाई निरन्तरता दिन आवश्यक छ । खाद्य वस्तुहरुको बारेमा गाउँ गाउँमा जनचेतना फैल्याउँनु सरकारको समेत दायित्व हैन र ?