धनकुटा / धनकुटाको हिले बजारमा गएको कार्तिक १६ गते राति हत्या गरिएको एक युवकको हत्यारा प्रहरीले हालसम्म लगाउन सकेको छैन ।
हिले बजार नजिकै दशैं तिहार रमाइलो मेला स्थलमा अज्ञात व्यक्तिले घाँटीमा छुरी प्रहार गरी युवकको हत्या गरिएको अवस्थामा कार्तिक १७ गते विहान फेला परेको थियो । मृतक युवक सुनसरको इटहरी–१५ निवासी ३८ वर्षिय रामबहादुर चौधरी हुन । हालसम्म चौधरीको कस्ले हत्या गरेको भन्ने प्रहरीले पत्ता लगाउन सफल भएको छैन । चौधरीको हत्या भएको एक महिना भन्दा वढी हुँदा पनि प्रहरीले हत्यारा पत्ता लगाउन नसक्नुले घट्ना झनै गम्भिर र रहश्यमय वन्दै गएको पुष्टि हुन्छ । घट्ना भएको दिन राती उनका अन्य साथीहरु होटलमा सुतेका थिए । मृतक चौधरी मात्र मेला स्थलमा एक्लै सुतेका थिए । एक्लै सुतेको अवस्थामा उनको हत्या भएको प्रहरीको भनाई छ ।

चौधरीको हत्या पछि घट्नाको अनुशन्धानको लागि जिल्ला प्रहरी कार्यालय धनक्ुटाका इन्स्पेक्टर सुरज खड्काको संयोजकत्वमा छानविन टोली गठन गरेर अनुशन्धान शुरु गरेको पनि करिव एक महिना भन्दा वढी समय भै सकेको छ । अनुसन्धानको क्रममा प्रहरीले अहिलेसम्म ८० जनालाई जिल्ला प्रहरी कार्यालय धनकुटामा ल्याएर सोधपुछ गरे पनि परिणाम शुन्य छ ।
अनुसन्धानको लागि प्रदेश प्रहरी कार्यालयवाट व्यूरो टोली र पोलिग्राफ टोलीले गम्भिर ढंगले अनुशन्धान गरिहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र वहादुर गुरुङ्गले दावी गरे ।

अपराधी पत्ता लगाउन किन ढिलाई
घट्ना धनकुटा जिल्लाको हिलेमा भएको र घट्नामा संलग्न वा मेला संचालनमा संलग्नहरु धनकुटा भन्दा वाहिरी जिल्लाका भएकाले गर्दा अनुशन्धानमा समय लागेको घट्नालाई नजिकवाट अनुशन्धान गरिहेको अधिकारीहरुले वताएका छन् । उनीहरुले वैज्ञानिक ढंगले अनुशन्धान गर्न घट्नामा संलग्न भएको आशंकामा पक्राउ गरि ल्याइएको व्याक्तिहरुलाई पोलिग्राफ मार्फत अनुशन्धान भैरहेको प्रहरी बताउदै आएको छ ।

पोलिग्राफ मेसिनले कोही कसैले कुनै पनि घट्नाको विषयमा संलग्न छ भने कतिको सत्यतथ्य र झुट वोलिरहेको छ भन्ने थाहा पाउने गर्दछ । घट्नामा संलग्न कतिपय मानिसहरुको अनुशन्धानको क्रममा कल डिटेल पनि लिनु पर्ने तर कल डिटेल लिन अदालतको स्वीकृत चाहिने भएकोले समय लागि रहेको घट्ना अनुशन्धान टोलीका संयोजक सुरज खड्काले ब्लाष्ट खवर डटकमलाई बताए ।

यसरी भयो चौधरीको हत्या
मेला गएको अशोज २९ गते दशैंको टिकाको दिन देखि शुरु भएको भए पनि मेला कार्तिकको १२ गते देखी १५ गतेसम्म तीन दिन मेला वन्द गरिएको थियो । तीन दिनसम्म मेला वन्द हुनुको पछाडी के कारण थियो खुल्न सकेको छैन । हिले प्रहरी चौकीबाट २ सय मिटर टाढा रहेको सो स्थानमा घट्ना हुने दिन कार्तिक १६ गते राति ९.३० बजेसम्म मेला सञ्चालन गरिएको थियो । उक्त दिन मन्दिरको सहयोगार्थ भन्दै हाउजी खेलाइएको थियो । सो दिन रातको करिव १२ देखी १ वजेसम्म कुनै घट्ना नभएको प्रहरीको दावी छ । घट्ना हुन भन्दा ३ दिन अघिसम्म मेला नजिकैको होटलमा सुत्ने गरेका मृतक रामवहादुर चौधरी ३ दिन यता मेला स्थल मै सुत्ने गरेका थिए । घट्ना हुने दिन साँझ चौधरीले नजिकैको होटलमा गएर वाईन खाएर आएका थिए ।

घट्नाको प्रकृति हेर्दा हत्यामा संलग्न व्यक्तिले चौधरीलाई शुरुमा छुरीले छातीमा र पछि घाँटीमा हानेको अनुमान प्रहरीले गरेको छ । तत्काल प्रहरीले घट्ना क्रिटिकल भएकाले अनुशन्धानमा कुकुर प्रयोग गरेको भए पनि घट्ना स्थलमा रगत मात्र रहेको पाईएको थियो । घट्ना स्थलमा हत्याराको कुनै पनि इभिडेन्स नभेटिएकाले अनुशन्धान टुङ्गिन समय लागेको प्रहरीको दावी छ । हत्याराले प्रयोग गरेको छुरी घटना स्थल भन्दा करिव १ सय मिटर टाढा वाटो माथि झ्यासमा भेटिएको थियो । मेला संचालन गर्ने टिम २७ देखी ३० जनाको रहेको थियो ।