यासोक । पाँचथरको कुम्मायक गाउँपालिका( ३ को नवनिर्मित स्वास्थ्य चौकी भवनको शुक्रबार उत्घाटन गरिएको छ ।
वडाको नवनिर्मित भवनको उत्घाटन कुम्मायक गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले गरेका छन । भवन निर्माणको लागि निशुःक जग्गादान गर्ने दाताहरुलाई प्रसंशापत्र प्रदान गर्दै चेम्जोङले आगामी दिनमा पनि निरन्तर सहयोगको आग्रह गरे । उनले नागरिको पहुँचमा स्वास्थ्य सेवालाई पु¥याउँन समुदायको सहयोगको प्रसंशा समेत गरेका छन । भवन निर्माणको लागि स्थानीय कुलप्रसाद चोम्लागाई, कलिमाया चोम्लागाई, देविमाया चोम्लागाई र अम्बिका चोम्लागाईले ८ लाख बरावरको १३ रोपनी ८ आन जग्गा दान गरेका थिए । उनिहरुलाई वडाले सम्मान गरेको छ ।
कुम्मायक गाउँपालिकाको २० लाख र स्थानीय जनक्रमदान ४ लाख गरी २४ लाख रुपैयाँको लागतमा ६ कोठे भवन निर्माण भएको कुम्मायक(३ का वडा अध्यक्ष रामप्रसाद गजुरेलले बताए । स्थानीयले दान गरेको जग्गामा वडाको खेलमैदान, स्वास्थ्य चौकी भवन निर्माण गरीएको छ । वडा कार्यालयको भवन निर्माण पनि सोही स्थानमै हुने गजुरेलले बताए । कार्यक्रमा वडाका ७६ जना जेष्ठ मध्ये ११ जनालाई सम्मान गरिएको छ । अन्य जेष्ठ नागरिकलाई घरमै पुगेर सम्मान गर्ने वडा कार्यालयले जनाएको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङ, उपाध्यक्ष सिता आचार्य, प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भटराई, कुम्मायक(४ अध्यक्ष पुर्णकुमार खडका, स्वास्थ्य चौकी यासोक प्रमुख केदार खडका, इलाका प्रहरी कार्यालय यासोक प्रमुख भरतकुमार थापा लगायत स्थानीयको सहभागीता रहेको थियो ।
































