इटहरी/ प्रदेश–१ को मुख्य केन्द्र इटहरी आसपासको हाईवे धुलाम्मे छ । इटहरी हुदै विराटनगर सम्म पुग्ने सडक हेरेर सर्वसाधरण छक्क पर्छन । धुलोको समस्याले यातायातको साधनहरु सम्म धुलाम्मे हुने गरेका छन् । विगत दुई वर्षदेखि सुरु भएको सडक विस्तारसँगै ढल र नाला निर्माणले गति नलिँदा उपमहानगरबासी सुक्खा मौसममा धुलोको पीडा सहन बाध्य छन् ।

विकासले निम्त्याएको धुलोले असाध्यै समस्या भएको सर्वसाधरणहरु बताउँछन् । विराटनगरको रानीदेखि धरानसम्म सडकलाई ६ लेन बनाउने काम भइरहेको छ । धुलोबाट यात्रु जोगिएर हिंड्न निकै मुस्किल भएको सर्वसाधरणहरु बताउँछन् ।

बुधबार विहानै तरहराबाट इटहरी जादै गरेका तरहराका सविन खत्रीले धुलोका कारण हाईवे हिड्न सक्ने अवस्थामा नभएको बताउँछ । उनी भन्छन् ठेकेदारको लापरवाहीकै कारण हार्यवे हिड्न सक्ने अवस्थामा छैन ।

त्यसो त इटहरीका अन्य भित्री सडकको दुर्दशा पनि उस्तै छ । सडकमा हिंडिसक्नु छैन यतिबेला । इटहरीको बसपार्क जानेबाटोहरु उस्तै समस्या छ । यात्रुहरुलार्ई सडकमा हिड्न सम्म गाहे भईरहेको बताउँछन बक्लौरी घर भएका तरुन दलका युवा नेता सरोज बस्नेत । अहिले दैनिक इटहरी आवतजावत गर्दा असाध्यै समस्या हुने गरेको उनी बताउँछन् ।

धुलोका कारण श्वास-प्रश्वास, दम, खोकी, रूघा, रुघाखोकीका बिरामी बढेका छन् । धुलो नियन्त्रणका लागि भन्दै बेला-बेला सडकमा पानी छर्ने काम पनि हुने गरेको छ । तर, यो झारा टार्नका लागि मात्रै गरिएजस्तो देखिएको इटहरी १९ की विद्यार्थी पुस्पा घिमिरे ।

उनी भन्छिन् सडकमा देखिएको धुलोले हाईवे आसपासका क्षेत्रमा समस्या भईरहेको उनको तर्क छ । उनी भन्छिन् धुलो भएको ठाउँमा सवारी स्पीड पनि कम गर्नु पर्छ ।

एसियाली विकास बैंक (एडीबी) को सहयोगमा सडक विस्तारमा लापरवाही भईरहेको इटहरीका युवा अगुवा मिलन त्रिताल बताउँछन । अहिले बाटोमा बाइकमा हिड्दा धुलोको समस्या कस्तो छ? धुलो नियन्त्रन गर्न के गर्नु पर्छ अहिले इटहरीमा धुलोको समस्याले दिनप्रतिदिन बिकराल रुप लिदैँछ यसले मानव स्वास्थ्यमा असर त गरेको छ नै इटहरीको सुन्दरतामा समेत दाग लगाएको छ ।

बाईक,साईकल,सिटि र पैदल यात्री समेतलाई धुलोले प्रभावित पारेको छ । धुलो नियन्त्रणका लागि स्थानीय सरकारले आफै नियमित पानी हाल्ने र दीर्घकालीन समस्या समाधानका लागि सडक क्लियर गरेर रुख बिरुवा रोप्नुपर्दछ ।

मोटरसाइकल, साइकल र पैदलयात्रुहरू हुलाकी सडकको धुलोबाट बढी प्रभावित छन् ।

यसका साथै सडकनजिक घर भएका स्थानीयवासी पनि धुलोको सास्ती खेप्न बाध्य भएका छन् । सडक निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले पटानी गरेको सडकमा पानी नहाल्दा स्थानीयवासी धुलोले हैरान भएका हुन् ।

ठूला सवारीसाधनले उडाएको धुलोबाट सबैभन्दा बढी मोटरसाइकल र साइकलमा सवार यात्रु तथा पैदलयात्रीहरू हैरानी झेल्न बाध्य छन् इटहरी २ बरगाछीका सन्तोष तामाङले भने । अहिले तरहरा देखि इटहरी र इटहरी देखि दुहबी सम्मको सडक धुलाम्मेमा परिणत भएको छ ।