दैलेख । दैलेखकाे ठाँटीकाध गाउँपालिकामा बुधबार जीप दुर्घटना हुँदा ६ जनाकाे मृत्यु भएकाे छ ।
सुर्खेतबाट दैलेखको वहाँकोटतर्फ जाँदै गरेको भे १ च २२०७ नम्बरको जीप बुधबार बिहान ठाँटिकाँध गाउँपालिकामा दुर्घटना भएकाे हाे । उक्त दुर्घनामा परी ६ जनाकाे मृत्यु भएकाे छ भने २ जना घाइते छन्।
मृत्यु हुनेमा ठाँटीकाध गाउँपालिकाका ३० वर्षीया निर्मल बम, ४० वर्षीय राजेन्द्रबहादुर शाही, रत्ना शाही, चालक रमेश शाही, २६ वर्षीय दिलिप शाही र सोही गाउँपालिकाका समशेर पुन रहेको दैलेख प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घाइते २ जनाको दुल्लु अस्पतालमा उपचार भइरहेको छ। घाइतेको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ।