के हो दम रोग ?
दम रोगमा श्वास नली वा वरिपरिको जोडिएको खण्ड सुन्निन्छ। त्यसले गर्दा फोक्सोमा हावा जान कठिनाइ हुन्छ।जतिखेर एलर्जन्स (एलर्जी उत्पन्न गर्ने तत्त्व) र इरिटेटस (अप्ठयारो उत्पन्न गर्ने तत्त्व) सास नलीको सम्पर्कमा आउँछन्, त्यसपछि सास फेर्न समस्यालाई दम भनिन्छ।

दम रोग बाट बच्ने उपाय
दमको कुनै निशचित कारण छैन। बंशाणुगत र वातावरणका एलर्जन्स वा इरिटेटसप्रति बढी सम्वेदनशील व्यक्तिलाई पनि दम हुन सक्छ।

दम यस्तो स्थिति हो, जसले फोक्सोको हावा भित्र-बाहिर गर्ने नलीलाई प्रभावित गर्छ। दममा हावाको नलीको चारैतिर भएको मांसपेशी संकुचित हुन्छ र खुम्चिन्छ र सास फेर्न गार्रुहो हुन्छ।

यसले हावाको नलीमा जलनसमेत हुन्छ। कहिलेकाहीँ टाँसिने पदार्थ कफ बन्छ जसले हावाको नलीमा जम्मा भएर सास फेर्नमा समस्या उत्पन्न गर्छ।

छातीबाट प्रायः घ्यारघ्यार निस्कन्छ। दममा फोक्सोमा भएको हावाको नली धेरै सम्वेदनशील हुन्छ र त्यसले चुरोटको धुवाँ, चिसो, परागकणजस्ता थुप्रै इरिटेन्ट प्रति प्रतिक्रिया गर्छ। यसलाई भाषामा ट्रिगर भनिन्छ।

जसले दमको स्तिथि पैदा गर्छ l

रोगको लक्षण
छिटछिटो सास फेर्नु,खोकीले गर्दा निद्रामा अवरोध हुनु,सास फेर्न असजिलो हुनु,सासमा घ्यारघ्यार सुनिनु,बारम्बार खोकीको, अनुभव हुन सकने ,खोकी प्रायः राति लाग्नु,सास फेर्दा सिटी बजेजस्तो हुनु सक्नु ,छातीमा पीडा अनुभव हुन सक्नु

दम रोग बाट बचाउन सावधानिहरु
फ्रिजका खानेकुरा पनि नखाने, जाडोमा हरेक समय न्यानो लुगा लगाउने , कोल्ड ड्रिंक, आइस आदि नखाने, घरपालुवाबाट टाढा रहने रुखा, खोकी वा सासको समस्या देखिए जँचाउने , धुलोबाट बच्ने धुमपान नगर्ने, भए ठाउँ नजाने, भीडभाड भएको ठाउँमा नजाने, सुत्ने कोठामा हिटरको उपयोग नगर्ने

दम को उपचार
दम को उपचरको लागि सबै भन्दा पहिले कुन् कुरले गर्द एलर्जि भएको हो त्यो थाहा पाउनु र यस रोग सधैको लागि निरमुल् गर्न सकिन्छ। या साल्बुटामओल् र एसटीराड औषधि को भाप सास लिनु या खानु पर्ने हुन्छ्। उपचार को लागि समयमा डाक्टरको सल्लाह लिनु राम्रो हुन्छ।
(सिंह बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका बालरोग विशेषज्ञ तथा उपप्राध्यापक हुन् ।)