वराहक्षेत्र / पुष्पलाल मध्यपहाडी लोकमार्गको निर्माणधिन सडकवाट ढुंगा खस्दा वराहक्षेत्र नगरपालिकाको वराहँक्षेत्र मन्दिर परिषर क्षेत्रमा दुईवटा घरमा क्षति पुगेको छ । नगरपालिकाको वडा नम्बर १ स्थित मन्दिर क्षेत्र माथीे श्रीस्वामीनारायण आर्शीवाद ठेकेदार कम्पनीले काम गरिरहेका बेला सडकको ट्रयाक्क खोल्ने क्रममा करिव ४० मिटर माथिवाट ढुंगा खसेर, दुई तले काठको घरमा क्षति पु¥याएको हो । उक्त घरमा रहेको पसललगायतको समानमा क्षति भए पनि मानवियउ क्षति भने नभएको कम्पनिले जनाएको छ । घट्नामा ५० लाख बराबरको क्षति भएको घरधनी अनिल सुब्बाले जानकारी दिए ।

ढुंगाले अनिलस“गै उनको भाई कपडा व्यवसायी नविन सुब्बाको २० लाख र भाडामा बस्दै आएकी पिंकी श्रेष्टको ६ लाख रुपैंया बराबराको पसल क्षति भएको अनिल श्रेष्टले बतँए ।

स्थानियलँई पूर्व जानकारी विना नै माथी पहाडमा वाटो खन्न शुरु गरेको आरोप लगाउ“दै स्थानियले कुमार श्रेष्ठले दुर्घटना हु“दा घरमा रहेकी छोरीले भागेर ज्यान बचाएको बताए । ढुंगाले स्थानियको ५० हजार बराबरको खानेपानी पाईप र वराहक्षेत्र धर्मशालालाई समेत क्षति पु¥याएको छ ।

यता ठेकेदार श्रीस्वामीनाराण कम्पनीका कन्टयाक्ट म्यानेजर निलकण्ठ पौडेलले एस्काभेटरले खनिएको माटो हटाउ“ने क्रममा टिपरमा माटो राख्न लाग्दा मेशिनको भाईवे्रशनले ढुंगा तल खसेको बतँए । क्षतिपूर्तिको लागि स्थानीयले माग गरे पछि कम्पनीका प्रमुख केशर बुढाथोकी कन्टयाक्ट म्यानेजर निलकण्ठ पौडेल र स्थानिय विच घर बनाईदिने र नष्ट भएको समानको क्ष्ँतिपूर्ति दिने सहमति भएपछि काम शुरु भएको बताइएको छ ।