हरेक दिन हरेक मानिसका मनमा विभिन्न कल्पना, विचार, भावना र संकल्पहरु आउँछन् जान्छन् । कुनै कुनै कुरामात्र पुरा हुन्छन् नत्र बाँकी कल्पनाका रुपमा आउँछन् हराउँछन् ।
हाम्रो मन संसरको हरेक ठाउँमा पुग्न सक्छ अनि अनेकन कल्पनामा हराउन सक्छ । यही मन यस्तो हो जसले मानिसलाई विगार्न पनि सक्छ बनाउन या सुधार्न पनि सक्छ ।
मनको गहिराई सम्म पुग्न सके जीवनको अर्थ पनि पत्ता लगाउन सिकन्छ । आँखाले देखेको कुरा मात्र सीम्झन या बुझ्न सक्छ ।
विचार पनि कुनै निस्चित कुरामा मात्र केन्द्रित हुनसक्छ । तर मन त स्वतन्त्र छ । यही मनको सहायताले धेरै मानिस अनेकन अपत्यारिला कार्यहरु गर्न सफल भए ।
कल्पना गर्न सक्ने भएर नै आज यो वैज्ञानिक युगको आगमन भएको हो । आकाशमा चरा झै उडेको कल्पना गर्ने राइट्स दाजुभाइले साँच्चै उड्ने यन्त्र अर्थात हवाइजहाज बनाई दिए ।
जसको नकारात्मक फाइदा उठाउदै विभिन्न युद्धपोत बनिए । संसार ध्वस्त पार्न ताम्सिए मानिस । आइन्सटाइनले परमाणु बम बन्ने सुत्र दिए ।
शासकले त्यसको दुरुपयोग गरेर बम बनाए । आणविक अस्त्र बनाए । भगवान बुद्धले मनको गहिरो भाव बुझने प्रयास गरेर संसारलाई शान्ति र अहिंसाको बाटोमा हिड्न प्रेरित गरे ।
यसरी अनेकन राम्रा नराम्रा कामको सुरुवात मन बाट नै भएको छ ।
आखिर मन चै हो त के, जसले संसारमा यति धेरै चमत्कार या विध्वंश ल्याउने शक्ति, सार्मथ्य, प्रेरण अनि आत्मविश्वास दिन्छ ? हो मन के हो र यसको स्वास्थ सँग के सम्बन्ध हुन्छ त ।
मन भनेको तपाईको शरिरको एउटा सबै भन्दा सक्रिय विन्दु हो । हरेक मानिसको वास्तिविक परिचय हो । तपाई कस्तो हुनुहुन्छ, कस्तो भविस्य छ, के गर्न मन लाग्छ र यो संसार कस्तो होस भन्ने चाहनु हुन्छ ।
यो सबै तपाइको मनमा हुन्छ र मनलाई चलाउने विचारमा भरपर्छ । मनको सम्बन्ध सँग जोडिएको एउटा ससक्त पाटो हो विचार र मनले बाहिर सम्म दिने संबेदान भनेको विचारको माध्यम हो ।
तपाईलाई आज मनामा एउटै कुराले सताई रहेको छ त्यो हो मनले कसरी संसार परिक्रमा एकै सेकेण्ड भित्र गरिदिन्छ ।
बारबार यही कुरा मनमा आउनु सकारात्मक सन्देश हो जसको उत्तर तपाइको भित्री आत्माले गर्छ जो सबै राम्रा नराम्रा कामको, सोचको, भावनाको अनि विचारको सुक्ष्म अध्यायन गरिरहेको हुन्छ तर प्रतिक्रिया गरिरहेको हुँदैन ।
ऊ द्रस्टाको रुपमा मात्र हुन्छ ।
तर, जब मनले अनेक सोच ल्याउन वाध्य पार्छ दिमागलाई अनि दिमाग अनिर्णित हुन्छ र अगाडीका काम र विचार रोकिन्छन् तब तपाइको केन्द्रमा रहेको आत्म जो भनिन्छ मर्दैनले यो सही हो यो गलत हो भनेर सचेत भने गराउछ र यही गर भनेर वाध्य भने पार्दैन ।
जसरी मन स्वतन्त्र छ, विचार स्वतन्त्र छ त्यसरी आत्म स्वतन्त्र छैन् । किनभने यो त विभिन्न शरिरमा प्रवेश गर्दै तपाइकोमा आएको छ र तपाइको भौतिक शरिरको समाप्ती सँगै अर्को शरिरमा प्रवेश गर्छ । यो सबै धर्मशास्त्रको निचोड हो ।
मन त कसैको वसमा छैन् । यो स्तन्त्र छ । यो गतिसिल छ । यसले अनेकन हनसक्ने र नसक्ने कुराहरु ल्याउँछ । मनमा आएका कुराहरुलाई कुनै उत्तर पनि चाहिदैन् । जिम्मेवार पनि छैन् ।
यसको अर्थ के अब यसलाई यतिकै छाडा छोडिदिने हो त ? मनले जे भन्छ त्यही गर्ने हो त ? होइन, मनले ल्याएका अनेकन उरालमा राम्रो पनि हुन सक्छ नराम्रो पनि ।
राम्रो र नराम्रो छुट्याउने काम बुद्धि या विवेकले गर्छ । यदि हाम्रो विवेकले सही र गलत छुट्याउन सको भने र मनलाई पनि कुनै निस्चित कल्पनामा मात्र लाग्न प्रोत्साशन गर्न सक्यो भने केही हदसम्म सकारात्क विचार र भावनाहरु मात्र मनमा आउँछन् ।
मनलाई छाडा छाड्नु हुँदैन भन्ने भनाई हरेक धर्मशास्त्रको रहेको छ ।
मनमा यस्तो आयो त्यसैले यो काम गरियो भन्दा धेरै कामहरु गलत भएका छन् । इमोसनमा गरिएका कामहरुले राम्रो परिणम दिन सक्दैनन् ।
यस्तो अवस्थामा विवेकले कामगर्न पाएको हुँदैन ।
मन, घमण्ड, अहमता अनि पागलपन हावी भएको अवस्थामा विवेकले साँथ दिएको हुँदैन । यसैको परिणम नराम्रा काम, पछुताउनु पर्ने अवस्था हुन् ।
अब कसरी मनलाई बसमा राख्न सकिन्छ? यस विषयमा विभिन्न सोध, अनुसन्धान, अध्यायन भए । हरेकले आ–आप्mनै तथ्यहरु प्रस्तुत गरे ।
सबैका फरक मत र विरोधाभाष कुराहरु आए । आजसम्म पनि एउट मात्रै विधिको अनुसन्धान हुन सकेको छैन् । सबै भन्दा सहज उपाय भनेको सकारात्मक सोच, सामाजिक काम, सत्संग अनि अनावशयक लोभ र मोहको त्याग ।
यी माथि भनिएका कुराहरुका पालना गर्दा पक्कै पनि मनमा आउने अनावश्यक नकारात्मक कुरा र यसले सोचमा ल्याउने नकारात्मक विचारलाई घटाउछ ।
यति मात्र होइन यसले तपाइलाई खुसी पनि तुल्याउछ र सुख पनि महसुस गराउँछ । यो विषयलाई तपाई प्रयोगमा ल्याएर पनि हर्न सक्नुहुन्छ ।
यो भन्दा अगाडी तपाइको मन विभिन्न कुरामा उडी रहन्थ्यो भने आज तपाई कुनै समाजिक काम, कुनै सेवामुुलक काम या कुनै सकारात्मक विचरलाई मात्र मनमा प्रवेश गराउनुहोस ।
मनलाई कुनै तपाइको सानो सफलता र त्यसले समाजमा, परिवारमा पार्नसक्ने प्रभावका बारेमा मात्र निर्देश गनुहोस या यस्तो भए यस्तो होला अनि यस्तो होल ।
मलाई परिवारले समाजले स्यावासी देलान आदि आदि कुरा विचार बाट मनमा पुगे भने अब तपाइको मन त्यस्तै सकारात्मक र उदेश्य प्राप्तीका कल्पनाहरुमा लाग्दछ ।
यदि कुनै अनावश्यक या नकारात्मक कुरा मनमा खेल्न थाले भने पनि तपाइको विचारले मनलाई यो भन्दा यो राम्रो हो भन्ने सन्देश पठाउँछ ।
यसरी हामी मनलाई पनि विचार, काम र सत्संगले सकारात्मक बनाउन सक्छौ ।
यसको अर्थ हामी मनुष्यमा सबै कुरालाई व्यवस्थित गर्न सक्ने क्षमता रहेको या प्रकृतिले प्रदान गरेको छ । यस्तो अदभुत क्षमता र दृढता प्रयोग एउटा प्रशंशा योग्य काम गरेर जान सक्छौ ।
तर, पनि आज यो संसारमा नाकारात्मक काम धेरै भएका छन् । विध्वंश धेरै भएको छन् । मानिसहरुको मन असान्त भएको छ ।
नकारात्मक सोच र विचारले हरेक जसोलाई समातेको छ । यसैको कारण डिप्रेसन बढेको छ । आत्महत्या वढेको छ । वलात्कार वढेको छ । फेसनका नाममा वृक्रिति मौलाएको छ ।
आनन्दका नाममा अनावश्यक खर्च गरिएका छन् । चोरी, डकैती र अनेकन अपत्त्यालिा घटनाहरु घटेका छन् । मानिस मानिसको दुस्मन भएको छ ।
प्रेम, सदाभाव, आदर, सस्कार मासिदै गएको छ ।
असाहय माथी निर्मम प्रहार भएको छ र पनि मानिस सजग हुन सकेको छैन् । मनमा जे आयो त्यसैको पछाडी कुदेको छ । बुद्धि र विबेकको प्रयोग गरेको छैन् । हुन सक्ने काम पनि भएका, गरिएका छैनन।
त्यो भनेको स्वास्थ मन र मनलाई बसमा राख्न नसक्नु हो अथवा विरामी मनले उत्पन्न विरामी विचार हो । यसले स्वास्थ जीवनमा नराम्रो प्रभाव पार्छ ।