ताप्लेजुङ/नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले चन्दा आतंक मच्चाएको भन्दै जिल्ला प्रशाशन कार्यलयले यस्को नियन्त्रणमा सहयोग गर्न जिल्लावाशी सबैलार्इ आग्रह गरेको छ ।

आगामी मंसिर ८ गते काठमाडौंमा आयोजना गर्ने जनसभाका लागि भन्दै चन्दा आतंक मच्चाएको जानकारी जिल्ला प्रशाशन कार्यलयमा परेको भन्दै आज जिल्ला प्रशाशन कार्यलयमा वसेको सर्वपक्षिय बैठक मार्फत प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले नियन्त्रणका लागि सहयोग गर्न आग्रह गरे।

जिल्ला प्रशाशन कार्यालयमा मौखिक गुनासो परेको तर लिखित कुनैपनि निवेदन नपरेकाले कानुनी प्रकृयामा अघि बढ्नका लागि समस्या भएकाले जिल्लाका राजनितिक दल, संघ संस्थालाई समन्वय गरि सहयोग गर्नको लागि सहयोगको आग्रह गरेको प्रजिअ भण्डारीले बताए ।

खासगरि स्थानियतहमा सो समुहले चन्दाको त्रास फैलाएको ताप्लेजुङ प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक सञ्जयसिँह थापाले बताए।

गाउँपालिकाका अध्यक्षलाई ३ लाख सम्म र वडाध्यक्षहरुलाई १ लाख सम्मको चन्दा दिनको लागि माग आएको जानकारी आफुँलाई प्राप्त भएको डिएसपी थापाले बताए । तर कानुनी रुपमा अघि बढ्नको लागि प्रमाण चाहिँने र त्यस्तो प्रमाण कसैले पनि दिन नचाहाने गरेकोले चन्दा आतंक मच्चाउनेलाई कारबाही गर्न गाह्रो भएको उहाँको भनाई छ ।

विषेशगरि स्थानिय तहमा सञ्चालन भएका विकासका योजनाहरुका उपभोक्ता समितिलाई चन्दाको माग आईरहेको बताईएको छ ।

यसैविच चन्दा आतंकलाई नियन्त्रण गर्नको लागि राजनितिक दलले समेत प्रशाशनलाई सहयोग गर्ने बताएका छन् । नेकपाका नेता विजय किराँतीले राजनितिक दलहरुले आफ्ना विभिन्न कार्यक्रमहरु गर्दा विभिन्न सुभचिन्तकहरुबाट आर्थिक सहयोग लिने नै गरेको भएपनि त्यो रकम सुभचिन्तकहरुले मनखुसीले दिएको हुनुपर्ने बताए ।

चन्दा उठाउनको लागि प्राय स्थनियतहका जनप्रतिनिधीलाई बढि माग पर्नुको कारण तिनीहरुको कमि कमजोरी भेटिएका कारण पनि भएको बैठकमा सहभागिहरुले बताएका छन् ।

यस्लाई रोक्नको लागि जनप्रतिनिधी तथा कर्मचारी समेत सच्चिनुपर्ने तर्क पनि सहभागिहरुले गरेका थिए । कांग्रेश जिल्ला सभापति लिलादेवि वोखिमले सबै विकासका योजनाहरु पारदर्शी ढंगले अघि बढे यस्ता क्रियाकलापहरुमा स्वत कमि आउने धारणा राखे।

यसैबिच प्रमुख जिल्ला अधिकारी भण्डारीले स्थानिय तहका केन्द्र सार्ने विषयमा समेत विभिन्न स्थानमा विवाद भएकाले राजनितिक दलले समेत समन्वयकारी भुमिका निर्वाह गरि शान्ति शुरक्षा कायम गर्नमा सहयोग गर्न सहयोग गर्न आग्रह गरे ।

यता ताप्लेजुङको मैवाखोला गाउँपालिकाले मंसिर १ गते एकिकृत घुम्ति शिविर सञ्चालन भएको छ ।

जिल्ला प्रशासन कार्यालयको सहकार्यमा शविर गर्न लागिएको गाउँपालिकाका प्रमख प्रशासकिय अधिकृत गणेश अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार शिविरमा नेपाली नागरिकताको प्रमाण पत्र प्रदान, ज्येष्ठ नागरिक प्रमाण पत्र, अपाङ्गता परिचय पत्र, आँखा परिक्षण, स्वास्थ्य परिक्षण गरिनेछ ।