धरान / एमएच विविक्युले छठ पर्वको अवसरमा हिजो साँझ वर्सटाइनर छठ साँझको आयोजना गरेको छ । धरान १५ वगरकोटस्थित धरानको चर्चित द प्याराडाइज व्याण्डको प्रस्तुति रहेको थियो । प्याराइज व्याण्डले करिव २२ वटा नेपाली हिन्दी र अग्रेजी गीत गाएर उपस्थित दर्र्शकहरुलाई मनोरञ्जन दिलाएका थिए ।  प्रदेश १ मा नै चर्चित वन्दै गइरहेको प्याराडाइज व्याण्डमा भोकलिस्ट सुनिल श्रेष्ठ, लिड गटारिस्टमा श्रीहाङ राई, ड्रमरमा निखिल सुव्वा र वेस गिटरिस्टमा राकेश मानन्धर रहेका थिए । वर्सटाइनर साँझमा व्याण्डको प्रस्तुति पछि डिजे स्याडोको डिजे सेसन भएको थियो । उनले पनि नेपाली, हिन्दी र अग्रेजी म्युजिकमा उपस्थितीलाई नचाएका थिए । एमएच विविक्युका प्रोपराइटर जिवन लिम्वुका अनुसार स्थानिय कलाकारहरुलाई प्रोत्साहन गर्न र व्यवसायिक वनाउन हरेक साँझ लाइभ म्युजिक कार्यक्रम गर्दै आएको बताए ।