धरान  / निशु ढकालको घर झापाको बुधबारे हो । हाल काठमाण्डौमा बसोबास गर्दै संगित यात्रामा छिन । सानै छदा संगितमा लाग्ने अठोट लिएकी ढकाल यति बेला संगित साधानामा छन् । स्कुले जीवनमा विभिन्न गायन प्रतियोगिताहरुमा भाग लिएकी ढकालले सोलो भजन एल्वम निकाली सकेकी छन् । पछिल्लो समय दशै तिहारलाई लक्षित गरेर भिडियो बनाएकीछन् । उनको सांगितिक यात्राको बारेमा उनकै शव्दमाः

साङ्गितिक यात्राः मलाई सानै देखि गाउन मन पथ्र्यो । स्कूल घरहरुको कार्यक्रममा प्राय सधै गाउथे । पछि हरि उपे्रति सरसँग सानै छदा सगिंतको कक्षा सुरु गरे । त्यसलाई निरन्तरता दिदै मणिकमल क्षेत्री, ध्रुव पाठक गुरुहरुसँग संगितका कक्षाहरु लिए । हाल कुशेश्वर राई गुरुसँग सिकिरहेको छु । राष्ट्रिय भक्ति सगिंतमा दोस्रो हुदाको क्षण अनि मेची आईडल प्रतियोगितामा टप पाँच भित्र पर्न सफल हुदाको क्षणलाई मेरो सांगितिक यात्राका बिशेष क्षण भनेर सम्झने गर्छु ।

अध्ययनः मैले साङ्गितिक तर्फ प्रयाग सङ्गित विद्यालय इलाहावादबाट स्नातकसम्मको अध्ययन गरेकी छु । हाल बिबिएस चौथो वर्षमा अध्ययनरत छु ।

हाल सम्मका एल्वम, भिडियोः मैले मेरो पाईला नामको एउटा सोलो भजन एल्वम निकालेको छु र केहि समय सान्दर्भिक गित जस्तै विबाह, दशै, तिहार, आदिका केहि गित भिडियोहरु निकालेको छु । हालै केहि गितहरुको रेकर्डिङ्ग सकिएको छ । म्युजिक भिडियो को तयारीमा छु ।

स्टेज कार्यक्रमः मैले सानै देखि कार्यक्रमहरुमा गित गाउने अवसरहरु पाँए । यसमा मेरो बाबा मामुले सधै सपोर्ट गर्नुभयो । अहिले पनि झापा एवं अन्य ठाँउका कार्यक्रमहरुमा आफ्नो प्रस्तुति दिईरहेको हुन्छु । विगतमा प्रस्तुति दिएका ठाँउहरु जस्तै दार्जिलिङ, सिक्किम, धरान, बिराटनगर, झापा, काठमाण्डौ, आदिका कार्यक्रमहरु सम्झन्छु ।

पछिल्लो भिडियोको विषयबस्तुः मेरो पछिल्लो भिडियो आउदै गरेको तिहारलाई लक्षित गरेर तयार गरेका हौं । ‘आयो तिहार लिएर देउसी’ भिडियोमा तिहारका बिभिन्न रमाईला क्षणहरुलाई देउसी भैलो भट्टयाउने माध्यमबाट प्रस्तुत गर्न खोजिएको छ । नविनकुमार तिम्सिनाको शब्द, संगित तथा निर्देशन रहेको छ । केहि वर्ष देखि गित सुन्ने भन्दा गित हेर्ने माहोल बढेको सबैलाई थाहा छ । त्यसैले राम्रा अर्थ र भाव बोकेका गित अनि गित अनुसारको प्रस्तुतिकरण भिडियोमा गर्न सके सुनमा सुगन्ध हुन्छ जस्तो लाग्छ मलाई । त्यसमा पनि आधुनिकता सँगसगैं आफ्नो मौलिकता झल्काउनसक्ने म्युजिक भिडियोहरु सदैब लोक प्रिय रहिरहन्छन् र त्यसको आयु पनि लामो रहने कुरामा म विश्वस्त छु ।

भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस् ।