पथरी । हङकङको शुन्दर प्राकृतिक दृश्य र आधुनिकतालाई पृष्ठभुमि बनाएर तयार पारिएको म्युजिक भिडियो सार्वजनिक भएको छ । एचके युट्युव नेपाल अनलाईन टिभीको प्रडक्सनमा तयार भएको भिडियोलाई मज्जाको राईले निर्देशन, छायाङ्कन र सम्पादन गरेका हो । भिडियोमा बिनोद बस्नेत र शान्ति नेपालीको रोमान्स देख्न सकिन्छ । छाल बनि सागरले बोलको गीत सुमित खड्काले गाएका हुन, गीतमा निरज श्रेष्ठको संगित र भेषबहादुर शाहको शब्द रहेको छ । भिडियोमा सेन्स अफ क्लिकको आकर्षक डे«स डिजाईनिङ्, रेवती खड्काको मेकअप रहेको छ । लिलेश्वरी खड्का र सुनिल मलले संयुक्तरुपमा भिडियो मेकिङ्को ब्यवस्थापन गरेका हुन् । प्रेमका आएको असमझदारी र त्यसले निम्त्याएको परिणाम नै भिडियोको मुलत कथा हो । पछिल्लो समय हङकङमा नेपाली गीतका भिडियोहरु बन्ने क्रम जारी छ । समुन्द्र, गगनचुम्बी भवन, सफा सडक जस्ता दृश्यले बिदेशमा बनेको भिडियोहरुले दर्शकहरुको मन जितिरहेको छ ।