रङ्गेली । विराटनगर स्थित विराट मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटल अन्तरगतको नर्सिङ होममा एक महिलाको मृत्यु भएपछि तनावग्रस्त बनेको छ । इनरुवा नगरपालीका ३ की स्मिता श्रेष्ठको अस्पतालका डाक्टरको लापरवाहीले मृत्यु भएको भन्दै आफन्तहरुले अस्पताल प्रसासन सँग छलफल गरे पनि अस्पतालले दुर्घटना भएको भन्दै टार्न खोज पछि उनीहरु आक्रोसीत बनेका छन् । मृतक स्मिता श्रेष्ठका आफन्तले अस्पतालले विरामीलाई ‘ओभरडोज’ औषधी दिएका कारण मृत्यु भएको दावि गरेका छन् । नर्सिङ होमले भेन्टिलेटरको अभाव देखाउदै अन्तैलैजान भने पछि ३५ वर्षी स्मिताको विराटनगरको लाइगार्ड अस्पतालमा उपचारको क्रममा विहिबार विहान १० बजे मृत्यो भएको थियो । विराट नर्सिङ होम आफुले गरेको लापरवाहिबाट बाचन विरामीलाई अन्तै पठाउन भेन्टीलेटर खालि नभएको बाहना बनाएको आफन्तले आरोप लगाए । मृतकका आफन्तले लापरवाहि गर्ने डाक्टरलाई भरखरै आएको मुलुकि संहिता अनुसार कारवाहि हुनु पर्ने माग गरेका छन् । सबै कागज प्रमाण लिएर कानुनी उपचारकोलागी न्यायलय जाने सचिनले बताए । पेट दुखाइको कारण पहिलो पटक असोज ३ गते उपचारकालागी लागी नर्सिङ्गहोम स्मिता श्रेष्ट आएकी थिइन । डाक्टर ज्ञानेन्द्र गिरिले अल्सर भएको बताएको मृतकका जेठाजु सचिन श्रेष्ठले बताए । स्मिताको ३ दिन नर्सिङ होममा उपचार भएको थियो । घरले पुगे पछि पुनः स्मिताको पेट दुख्न थाले थियो । उनलाई पुनः नर्सिङ होममा भर्ना गरीएको थियो । केहि दिन देखि उनी अस्पतालमै उपचाररत थिइन । असोज १० गते बुधबार दिनभरी सामान्य रहेकि स्मिताको राति ९ बजे अचान पेट दुख्न सुरु भएपछि डाक्टरले औषधि दिएको मृतकका आफन्तले बताए । औषधी खाएको २५ मिनेट मै उनको अनुहार कालो भएर आएको मृतकका जेठाजु सचिनले बताए । नर्सहरुलाई खरबर गर्दा कालो लागेको भन्दै उनीहरुले विरामीको अनुहार पुछन थालेको उनले बताए । राति १ बजेपछि डाक्टरले भेन्टी लेटरमा राख्नु पर्ने तर अस्पतालमा खालि नभएकोले अन्तै लैजान भनेको सचिन बताए । अस्पतालले आफु पन्छिन त्यस्तो गरेको उनले अरोप लगाए । आफन्तले स्मितालाई विहान ३ बजे विराटनगरको लाइफ गार्ड अस्पतालमा लगेका थिए । लाइफगार्ड अस्पतालले विरामीको अवस्था जटिल रहेकोले कुनै टुङगो नभएको भन्दै भेन्टिलेटरमा राखे थियो । विहान ९ बजेतिर लाइफ गार्ड अस्पतालका नर्सहरुले विरामीले पानि र चाउचाउ खान मागेको भन्दा आस पलाए पनि विहान १० बजे मृत्यु भएको जेठाजु सचिनले बताए । उपचारमा संलग्न डाक्टर ज्ञानेन्द्र गिरिले मृतकका आफन्त सँगको छलफलमा दुर्घना भएको भन्दै पन्छन खोजेको आफन्तहरुको आरोप छ । मृतक स्मिताका दुइ छोरी र श्रीमान रहेका छन् ।