वराहक्षेत्र । खानेपानी तथा सरसफाई डिभिजन कार्यलय ईटहरीको ढिलासुस्तीले समयमा खानेपनी योजना सम्पन्न नहुँदा वराहक्षेत्र नगरपालिकाको खारखोलाका स्थानिय खोलाको दुषित पानी खान बाध्य भएका छन् ।

खानेपानी डिभिजनले नगरपालिकाको वडा नम्बर १ खारखोलामा बन्दै गरेको सिमसारे बान्द्रे डिप वोरिङ्ग आयोजनाको रकम निकासा नगर्दा काम रोकिएपछि गाउ“ले छाउरी खोलाको दुषित पानी खानु परेको सिमसारे बान्द्रे डिप वोरिङ्ग आयोजनाका उपाध्यक्ष डम्बर थापाले बताए । खानेपानी योजना नबन्दा वडाको करिव घरधुरी २५ सय उपभोक्ता विहान बेलुका खोलाको पानीमा भर पर्नु परेको उनी भने ।

करिव ५ करोड रुपैंया कूल लागत रहेको सिमसारे खानेपानी योजना विक्रम संवत २०७२ असार वाट शुरु भएको हो । डिभिजन कार्यलयले ३ वर्षमा, चार किस्ता गरी अहिले सम्म ५३ लाख मात्र उपलब्ध गराएको उपाध्यक्ष थापाले बताए ।

सिमसारे खानेपानी को मुख्य कूल लागत ३ करोड ७९ लाख ६ सय हो पछि योजना छुटेको भन्दै खानेपानी डिभिजनले १ करोड थप गर्ने बतँएको उनले बताए ।

पहिलो किस्ताको २० लाख रुपैंयाले डिप वोरिङ्ग र तेश्रो किस्ताको ११ लाखले योजनाको ५० केभीको ट्रान्सफरमर र लाईन विस्तार कार्यलयले आफै ठेक्का लगाएर गरेको थियो ।

भने दोश्रोको ८ लाखले पंपहाउस निर्माण र अन्तिम किस्ताको १४ लाख रुपैंयाले ४ सय मीटर जीअँई पाइप र डिप वोरिङ्ग पंपिङ्ग गर्ने २ सय फिट पाईप खरिद गर्ने काम समिति वाट भएको थापाले बतँए । त्यसपछि कुनै काम हुन सकेको छ्रैन् । डेढ लाख लीटरको ओभरहेड ट्याङ्की र सर्भिसस पाईप लाईन विस्तारको काम बा“की नै छ उनले भने ।

खानेपानी समितिहरु लाई वार्षिक रुपमा योजना लागतको ५ प्रतिशत दरले रकम निकासा गर्ने निति छ अरे, त्यसो हो भने त हामीले ५ करोडको योजना पुरा गर्न त २५ वर्ष लाग्छ अनि कहिले पानी खानु ? स्थानिय शिक्षक राजेन्द्र श्रेष्ठले भने ।

उपभोक्ताहरु वर्षा याममा गाउ“ वाट करिव १ किलोमीटरको दुरीमा रहेको छाउरीखोलामा कुवा खनेर, पाईप वाट पानी ल्याएर खारखोला सुधार विस्तार योजनाको करिव ४० हजार लिटरको ट्याङ्कीमा खोलाको जम्मा गरेर खानेपानीको जोहो गर्ने गर्दछन् ।

वर्षा भरी त त्यही पानीले काम चलाउँछौ हिउँद लागेपछि गाउँ भन्दा ४ किलोमीटर माथी ज“गलमा रहेको सिमसारे बान्द्रमा भर पर्नु पर्छ तर अहिलेको वर्खाले ठूलो पहिरो गएर पाईप जति सबै बगाएको छ ।

पहिरोले पानीको मुहान पनि थुनिएको छ ,केही दिनपछि खोला सुके पछि के गर्ने स्थानिय राजेन्द्र श्रेष्ठले दुखेसो पोख्दै भने । घरमा धारा छ तर पानी आउ“छ खोलाको ! के गर्नु जसो तसो गुजारा चलेको छ । स्थानिय निर्मला कार्कीले गुनासो गरिन् ।

वराहँक्षेत्र नरगपालिकाका स्थानिय उपभोक्ता एकातिर उत्कृष्ठ खानेपानी घोषणा हुँदै गर्दा अर्कातिरका भने खोलाको दुषित पानी पिउन बाध्य भएका छन् । सरोकार वाला निकाय नगरपालिका र खानेपानी डिभिजनले उपेक्षा गर्दा सास्ती पाएको गाउँलेले गुनासो गरेका छन् ।

सिमसारे खानेपानी सम्पन्न भएमा ,जलुके, केरापानी र खारखोला सुधार विस्तारको ३ सय घरधुरी २५ सय बढी उपभोक्ता लाभान्वित हुने बताईएको छ । तत्कालिन सांसद भिम आचार्यले उदघाटन भएको खारखोलामा २८ वटा सार्वजानिक र १४ वटा निजि धारा छन् ।