ब्लाष्टखबर । सप्तरीमा केहि दिन देखि चलेको रुघाखोकी र ज्वरोको विरामीलार्इ स्वाईन फ्लु र हङकङ फ्लुको भइरस देखा परेको छ । सप्तरीको कञ्चनरु र हनुमाननगरका रुगाखोकी र ज्वरोका विरामीलाई उक्त भइरस देखीएको हो । कञ्चनरु र हनुमाननगरका २४ जनालाइ परीक्षण गर्ने क्रममा १ जनालाई स्वाइन ४ र १० जनामा हङकङ फ्लु देखापरेको जिल्ला स्वास्थ कार्यलय सप्तरीले जनाएको छ । बाकी ८ जनाको रिपोट आउन अझै बाकी रहेको स्वास्थकार्यलयले जनाएको छ ।

परीक्षणका क्रममा कञ्चनरुप नगरपालिका ७ का ६० वर्षीय हरिलाल साहलाइ स्वाइन फ्लुको संक्रमण भएको हो । त्यस्तै कञ्चनरुपका ४ र हनुमाननगरका ६ जनालाइ हङकङ फ्लु को संक्रमण रहेको जनाएको छ ।

ज्वरो र रुगाखोकी बड्दै गएपछि हेल्थ क्याम्प नै स्थापना गरी बिरामीको रगत र र्याल परीक्षण गरिएको थियो । ज्वरो र रुगाखोकीले कञ्चनरुप ४ कविलासाकी ६० वर्षीया वलसाला सरदारको मृत्यु भएको छ ।