धनुषा । धनुषामा निर्माणाधीन सेफ्टीट््याङ्कीको रिङ खोल्ने क्रममा निसास्सिएर एकजनाको ज्यान गएको छ । दुईजना घाइते बनेका छन् । अस्पतालमा लाने क्रममा मिस्त्री दिनेश चौधरीको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

धनुषाको विदेह नगरपालिका–६ तीन कौरियाका रामशोभित महतोको घरमा मङ्गलबार बिहान सेफ्टीट््याङ्कीको रिङ खोल्ने क्रममा मिस्त्री चौधरीको निसास्सिएर मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय शुभनारायण दास र फुलगेन दास निसास्सिएर घाइते बनेका छन् । घाइते दुवैको उपचार भइरहेको छ । तीनकौरिया प्रहरी चौकीका अनुसार बिहान चौधरी रिङ खोल्न सेफ्टीट््याङ्कीभित्र पस्दा निसास्सिएर घाइते बनेपछि उनको उद्धारका लागि शुभनारायण र फुलगेन पालैपालो छिरेका थिए । तर उनीहरू पनि निसास्सिएर सिकिस्त भएपछि प्रहरी टोली पुगेर तीनैजनाको उद्धार गरी उपचारको लागि जनकपुर पठाएको थियो ।