दिल्ली महिला आयोगले भारतको राजधानी नयाँ दिल्लीको मुनिरका क्षेत्रबाट १६ नेपाली युवतीको उद्धार गरेको छ। आयोगकी अध्यक्ष स्वाती मलिवालको नेतृत्वमा गएको टोलीले मंगलबार राति ती युवतीको उद्धार गरेको हो। ललाइ फकाइ दिल्ली पु¥याएका युवतीलाई कुवेत  इराक पठाउन खोजिएको बताइएको छ । उनीहरुको पासपोर्ट दलालले कब्जा गरेको आयोगकी अध्यक्ष स्वाती मलिवाल उल्लेख गरेकी छन् । सानो बन्द कोठाबाट ती युवतीलाई उद्धार गरिएको बताइएको छ । ८ महिनादेखि यो सिलसिला चलिरहेको बताइएको छ । १५ अघि पनि ७ युवतीलाई कुवेत र इराक पठाइसकेको तथ्य फेला परेको छ ।
उद्धार गरिएका युवतीहरूको नाम ठेगाना खुल्न सकेको छैन। अहिले उनीहरूलाई आयोगको रोहबरमा राखिएको छ। भारतीय प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।