विराटनगर । मन्जिना मुभिज क्रीएसनको आयोजनामा विराटनगरमा मिस्टर एण्ड मिस टिन पूवाञ्चल २०१८ प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगिताको मिस्टर एण्ड मिस टिन फूर्वाञ्चलको उपाधि भूपेन्द्र भट्टराई र साक्छी शाक्यले जितेकी छिन् । प्रतियोगिताको फस्ट रनरअप कविता बुढाथोकी, सौरभ कर्ण घोषित भए भने सेकेण्ड रनरअप समि कार्की, रोमन बस्नेत घोषित भएका छन् । मिस एण्ड मिस्टर ट्यालेन्टको उपाधि अरिफ अक्तर र समिक्षा कार्कीले जितेन ।

प्रतियोगिताको निर्णायकहरुमा कोरियोग्राफर जयन सुब्बा मानन्धर, नायिका निता ढुङ्गना, ब्युटिसियन शिल्पा निरौला कार्कीलगायत रहेका थिए । प्रतियोगिताको बिचमा कलाकार नीलम ढुङगानाले एक खुट्टाले नृत्य प्रस्तुत गरी सबैलाई मनोरञ्जन दिलाइन ।