रंगेली । प्रदेश नं.१ सरकारले प्रस्ताब गरेको निती तथा कार्यक्रमको बिषयमा छलफल गर्न आज बसेको सांसद बैठक लोड सेडिङकाकारण निर्धारीत समय भन्दा आधाघण्टा ढिलो शुरु भयो । हाउस भित्रका एसी चलेनन । खचा खच मान्छे, उखरमाउलो गर्मी पंखाले मात्रै धानेन । दुई–तिन पटक लाईन गयो ।तर सरकारले असार १ गते सर्वजनीक गर्ने बजेटको निती तथा कार्यक्रमको प्रस्तावीत मस्यौदा माथि छलफल चल्यो । तर धनकुटाका संसाद ईन्दमणी पराजुली ब्याट्रीबाट चल्ने पंखा गर्मी भगाउदै थिए ।उनले घरबाटै बोकेर ल्याएका हुन ।

उनले पंखा धनकुटाकै अर्का सांसद निरन राईलाई दिए । राईले पछी झापाका सांसद गोपाल बुढाथोकीलाई उनले भरपुर हावाको आनन्द लिए ।त्यसपछि बुढाथोकीले ईलामका सांसद काजिमान कागतेलाई दिए । उनले समेत मस्त मारेर पकेट फेनको हावा खाए । अत्याधिक गर्मि र लोडसेडिङले यस्तो समस्या आएको हो । लोड सेडिङ र गर्मिका कारण सांसदहरु फेन बोकेर सदन आएको बताए । तर फेन बोकेर ल्याउने पराजुलीले कुनै प्रतीक्रीया दिन चाहेनन । व्यवस्थापनको कम्जोरी संसद सचिवालयले स्विकार गरेको छ । डबल फेजको लाईन जडान गरिदीन विद्युत प्राधिरकणसंग माग गरेको सचिबालयले जनयो ।