लक्ष्मीमार्ग । नेपालको पुरानै रोग हो असारे विकास । धेरै राज्य सत्ता परिवर्तन भए तर सिस्टमको बिकास भने हुन सकेन । चालु आर्थिक वर्ष सकिन अव एक महिना मात्र बाँकि रहँदा गाँउ शहरका कुना कन्दरामा विकासको मुल फुटेको देखिन्छ । अधिकांस आयोजनाहरुमा अहिले धमाधम काम भईरहेको देखिन्छ । कतै भने लथालिंग योजनाहरु अलपत्र अवस्थामा भेटिन्छन् ।

विकासको प्रमुख पाटो सडक मानिएर पनि होला, जताततै सडक बिस्तार भईरहेको देखिन्छ । कतै धुलाम्मे सडकमा कालोपत्र बिछ्याउन भ्याई नभ्याई देखिन्छ त कतै ड्रेन बनाउनत कतै बालुवा गिटि ओसार्न हतार देखिन्छन् । महिना दिन टिक्न धौ धौ हुने सडकमा राज्यले अरवौ पैसा बिच्छ्याई रहेको देखिन्छ । वर्षको अन्त्यमा रातारात भईरहेको यस्तो विकासले कसरी राज्य विकसित होला ? आफ्नो क्षेत्रको वजेट फ्रिज रकम कम गर्नलाई पनि स्थानीय निकायहरुले गुणस्तर हिन काम गरीरहेका भेटिन्छन् । पोहोर साल बनाएको ड्रेन अहिले सम्म नटिक्ने र यो साल बनाएको पिच अर्को साल सम्म नटिक्ने खाल्को विकासले जनता चिन्तीत भेटिन्छन् ।

उपभोक्ता समिति भन्दा ठेक्का प्रणाली बाट भईरहेको योजना कमसल देखिन्छ । घटाघट प्रणालीबाट सस्तोमा टेण्डर प्रकृयामार्फत हुने गरेको योजनाहरु तुलनात्मक रुपले कमजोर भएको हुनसक्ने उपभोक्ताहरु बताउछन् । शनिवार बिराटनगर स्थीत उध्योग संगठन मोरङ र मोरङ व्यापार संघले संयुक्त रुपमा आयोजना गरीएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले घटाघट प्रकृयाबाट विकास निमार्णका योजनाहरु ठेकेदारलाई दिईने गरेको र ठेकेदारले लागत मुल्य भन्दा कम मुल्यमा निर्माणको जिम्मा लिने गरेकोले निर्माण कार्य कमसल भएको बताउनु भएको छ । उक्त कार्यक्रममा प्रधानमन्त्री ओलीले लागत स्टमेट भन्दा कम मुल्यमा निर्माणको जिम्मा नलिन समेत ठेकेदारहरुलाई अनुरोध गर्नु भएको थियो ।