धरान/गायिका दीपा तामाङको नयाँ गीत ‘तिम्रो दिलमा बस्न पाउँदा’ सार्वजनिक भएको छ ।दीपाकै स्वर र संगीत रहेको गीतमा शब्द विरेन लिङ्देनले लेखेका हुन् ।

फडिन्द्र राईको एरेञ्ज, किशोर थापाको मिक्सिङ रहेको गीतको भिडियोमा गायिका÷संगीतकार दीपासँगै महेन्द्र राईको अभिनय रहेको छ । भिडियोको निर्देशन प्रियजन राईले गरेका छन् भने सम्पादन मनिष कार्की र छायाँकन जनकराज अधिकारीले गरेका छन् ।