बिर्तामोड । गायनबाट सानै उमेरमा चर्चामा आएका दमकका असोक दर्जीको घर निमाणनार्थ झापा बिर्तामोडको ग्यालेक्सी फिटनेस र युवा ब्यवसायीहरुले ५१ हजार एकसय आर्थिक सहयोग प्रदान गरेका छन् । ‘मन विनाको धन ठूलो कि, धन विनाको मन’ को गीतसँगै चर्चामा रहेका संगीतकार टंक बुढाथोकी र गायक दर्जीलाई उनको घर निमाणका लागि ग्यालेक्सी फिटनेसमा कार्यक्रमको आयोजना गरी शनिवार सो रकम हस्तान्तरण गरिएको हो । अभियान नेतृत्वकर्ताहरु फिटनेस सञ्चालक चन्द्र राना लाफा, संन्दिप शेर्मा र युवा तथा व्यवसायीहरु प्रेम राजवंशी, रोहित गजमेर, भिम लिम्बु, चन्द्र लिङ्देन र प्रकाश चौधरीले संगितकार बुढाथोकी र गायक दर्जीलाई रकम हस्तान्तरण गरेका थिए । उनीहरुले बिर्तामोडका व्यवसायीहरुबाट संकलित रकम उनीहरुलाई प्रदान गरेका हुन् । फिनटेस सञ्चालक चन्द्र राना लाफाको अध्यक्षतामा भएको रकम हस्तान्तरण कार्यक्रमको प्रमुख अतिथि आशिष बन रहेका थिए । कार्यक्रमको सञ्चालन पत्रकार तुलसी निरौलाले गरेका थिए । युवा तथा व्यवसायीहरुले आगामी कार्यक्रम अन्र्तगत नगर सरसफाई र रक्तदान गर्ने जनाएका छन् ।