पाँचथर/समाजमा थोरै मानिसहरु मात्रै समाजसेवी हुन्छन, जसले समाजमा राम्रो काम गरेर उदाहरणीय बन्ने गर्दछन् । सम्बन्धित निकायले चासो नदिएको यस्ता धेरै संरचनाहरु छन, जस्को कम मानिसले मात्रै चासो दिएर त्यसको संरक्षण गरेको पाईन्छ ।
यस्तै उदाहरण बनेका छन,। पाँचथरको कुम्मायक गाउँपालिका वडा न. १ यासोक घर भई हाल सुनसरीको इटहरीमा बसोवास गर्दै आउनुभएका खगेन्द्र कार्की । उनि त्यस्ता समाजसेवी हुन जस्ले परेवाको संरक्षणको लागी मात्रै बार्षिक ६ मूरी मकै खर्च गर्दै आएका छन । कुम्मायक गाउँपालिका यासोकमा सानो घर निर्माण गरी पालिएका परेवाको बिजोक देख्न नसकेपछी उनले बिगत लामो समय देखी परेवाको संरक्षको लागी चारोको ब्याबस्था गर्दै आएका हुन ।
परेवाको संरक्षण गर्नुपर्छ भन्ने सन्देश प्रबाह गर्नको लागी मैले यस्तो काम गरेको हुँ उनले भने, यसलाई गाउँपालिकाले ब्याबस्थीत गर्नुपर्छ । अहिले सम्म परेवालाई भोकै मर्न दिएको छैन् आवश्यक परेको खण्डमा गुँडको समेत ब्याबस्था गर्ने उदेश्य राखेको छु कार्कीले भने । २०२१ सालमा.पूर्व गृहमन्त्री समेत भएका स्वा.पदमसुन्दर लावतीले कुम्मायक कुसायक धार्मिक स्थलमा भक्तजनहरुले उडाएका परेवाको संरक्षणको लागि भन्दै यासोक बजारमा परेवाको गुँड स्थापना गरी संरक्षण गर्न थालेका थिए । तत्कालिन समयमा परेवाको दाना र पानीको ब्याबस्था गर्न स्थानिय ब्याबसाहीहरुलाई खटाईएको भएता पनि त्यो प्रभाबकारी नभएपछि कार्की एक्लैको पहलबाट परेवाको संरक्षण हुदै आएको हो ।
उनले बार्षिक १२ हजार रकम बराबरको ६ मूरी मकै परेवाकै लागी खर्च गर्दै आएका छन । परेको संरक्षणको लागी उनले आफ्नै दिदि हेमकुमारी बोहोरालाई चारो दिनको लागी खटाएका छन । हेमकुमारी भन्छिन् । दैनिक चारमाना मकै परेवालाई दिने गरेको छु । जब बिहानको पाँच बज्र्छ तब परेवाहरु घरभरी भेला भईसकेका हुन्छन् । अनि चारो दिएपछि परेवा आफ्नै गँुडमा फर्कन्छन । उनले भनिन् । मन्दिरमा चडाएका परेवाको संरक्षण नहुने भन्दै भतmजनहरुले नै मन्दिरको नाममा सोही स्थानमा परेवा छोड्ने गर्दछन् । बजारको बीचमा गुँड निर्माण गरी बनाएको घरमा ३७ देखी ४१ जोर सम्म परेवा भएको स्थानियहरुले बताएका छन् ।
कुम्मायक गाउँपालिकामा जनप्रतिनिधि आएको एक बर्ष भईसकेको छ । तर बजारको बीचमै निर्माण गरिएको परेवाको गुँड जृर्ण अबस्थामा हुदा समेत कुनै चासो दिएको छैन । दिनप्रतिदिन बजारमा दैनिक रुपमा गुडिरहने सवारी साधनले पनि परेवालाई मार्ने गरेको छ । बजारका भुसिया कुकुरको सिकार पनि त्यही परेवा नै बन्ने गरेका छन ।
परेवाले उत्पादन गरेका बच्चाहरु ग्ुाणबाट भुईमा झरेर मर्ने गरेका छन । परेवाको संरक्षमा जनप्रतिनिधिले बितेको एक बर्षमा कुनै अपेक्षाकृत काम नगरेको स्थानिय तुलसी निरौलाले बताए । यीनै कारणले गर्दा कुम्मायक गाउँपालिकाको यासोक बजारमा परेवाको अस्तित्वनै सङ्कटमा पर्दै गएको प्रति स्थानियहरुले चिन्ता समेत ब्याक्त्त गरेका छन । यता गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङ भने यस बिषमा गाउँपालिकाले अल्पकालीन भन्दा पनि दिर्घकालिन योजना बनाउँदै गएको छ ।
यासोक बजार ब्याबस्थीत नगरी परेवाको गुँडलाई ब्याबस्थीत गर्न चुनौती छ । चेम्जोङले भने, बजार ब्याबस्थापन हुन साथ यसको पनि तत्कालै ब्याबस्थापन हुन्छ ।