धनकुटा/नेपाली कांग्रेसका नेता, समाजसेवी एवं धनकुटा उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ठेगनाथ घिमिरेको शुक्रवार विहानअसमायिक निधन भएको छ ।

घिमिरे केहीदिन अघि अचानकआफ्नै घरमा सुतिरहेका अवस्थामाविरामी परेका थिए । उनको फोक्सोमा समश्याभएको र निमोनियाको कारण मृत्यु भएको वताइएको छ ।  यसैविच, नेपालीकांग्रेस धनकुटाले शुक्रवार एक शोक बक्तव्यजारी गर्दै उनको निधनले नेपालीकांग्रेस स्तप्ध र मर्मा्हित दुुखितभएको र कांग्रेस धनकुटालाई अपुरणीय क्षतीभएको जनाएको छ ।नेपालीकांग्रेस धनकुटाका सचिवविजय सन्तोषी राईद्धारा जारी शोक वक्तव्यमावरिष्ठ समाजसेवीतथा नेपाली नेपालीकांग्रेस धनकुटा नेता ठेगनाथ घिमिरेको निधनले कांग्रेस धनकुटाले एक सच्चा,इमानदार र अनुभवी नेतातथाअभिभावकगुमाउनुका साथै कांग्रेस धनकुटालाई अपुरणीय क्षतीभएको उल्लेख गरिएको छ ।

यस दुखत घडीमा परिवाजर जन र कांग्रेसजनले धैर्य धारण गर्दैशोकलाई शक्तिमा परिणत गर्दै उनको सपनालाई पुरा गर्न लाग्नु पर्नेमा जोड दिदै मृत आत्मप्रति सम्मान पूर्वक श्रद्धाञ्जली व्यक्तगर्दै शोकाकुल घिमिरे परिवाजनप्रतिकांग्रेस पार्टीको तर्फबाट हार्दिक समबेदना व्यक्त गरिएको छ । वि.सं.२००५सालमा जन्मिएका धनकुटाका कांग्रेस नेता तथा समाजसेवी स्वर्गीय ठेगनाथ घिमिरे केहीदिन अघि निमोनिया तथा श्वास प्रश्वासको विरामी भै विपी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराउदा गराउदै शुक्रवार विहान ५ बजे विहान७० बर्षको उमेरमा असमायिक निधन भएको हो । स्वर्गीय घिमिरेको एक श्रीमती, दिुई छोरा र पाँच छोरीहरु रहेका छन् ।