इटहरी । नेपाली काग्रेसका अगुवा नेताहरुले पार्टी भित्रको गुट उपगुटका कारण काग्रेस कमजोर भएको वताउँछन । पार्टी आन्तरीक गुटका कारण अन्य पार्टी सँग हार ब्यहोर्नु परेको तर्क प्रत्येक समिक्षा बैठकमा उठे पनि केन्द्र देखि तल्लो तह सम्म काग्रेस भित्रको गुट उपगुट छताछुल्ल पार्टी कमजोर हुदै गएको काग्रेस नेताहरु वताउँछन । देश संघियतामा गए पनि काग्रेसले प्रदेश समिति गठन भएको छैन । नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले काग्रेस भित्र गुटको राजनिति नगर्ने निर्देशन दिएका छन । गुटका कारण काग्रेस कमजोर भएको भन्दै गुटको राजनिति नगर्ने कार्यकर्ताहरुलाई निर्देशन दिएका हुन । अरु पार्टीमा पनि गुटको राजनिति भए पनि काग्रेस जस्तो छताछुल्ल अबस्थामा छैन उनको भनाई थियो । पार्टी वलियो बनाउँने हो भने गुट त्यागु म अहिले कुनै गुटको नेता हैन कार्की भने । नेपाली काग्रेस क्षेत्रनम्वर २ ले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता कार्कीले अब गुट उपगुट भन्दा पनि काग्रेस बलियो बनाउँन कार्यकर्ताहरु लाग्नुको विकल्प नभएको वताए । उनले भने काग्रेस सुध्रार्ने हो भने देउवा पक्ष र पौडेल पक्ष हैन काग्रेस पक्ष हुनु जरुरी छ । अब काग्रेस विकास निमार्णमा लाग्नुको विकल्प नभएको भन्दै जनताको काममा ध्यान दिन समेत कार्यकर्ताहरुलाई निर्देशन दिए । एक नम्वर प्रदेशका प्रमुख प्रतिपक्ष दलका नेता राजिव कोईरालाले स्थानीय नेताहरुले केन्द्रमा पहुँच राख्ने मात्र काम गर्ने तर कार्यकर्ता सम्म पुग्न नसकेको वताए । हामीले आफ्ना क्षेत्र सुधार्ने हो भने पार्टीको केन्द्र पनि सुध्रन्छ । पार्टी भित्र भएको कमीकमजोरीलाई सिकाईको रुपमा लिदै एक ढिक्का भएर अगाडी बढे काग्रेस कमजोर नभएको उनको तर्क छ । नेपाली काग्रेस क्षेत्रनम्वर २ का क्षेत्रीय सभापति मणिराम श्रेष्ठले पार्टी भित्र मिलेर अगाडी बढ्नुको विकल्प नरहेको जिकिर गरे । नेपाली काग्रेसले ५ वर्ष सम्म कार्यकर्ताहरुको काम गदै अगाडी बढ्नु पर्ने तर्क राख्दै भने गुट भन्दा माथी उठेर राजनिति गर्नुको विकल्प नरहेको उनको तर्क छ । आन्तरीक निर्वाचनमा गुटको राजनिति हुने भए पनि बाँकी समय पार्टीको राजनितिमा लागे पार्टी वलियो हुने श्रेष्ठको तर्क छ । नेता ज्योती कोईरालाले देशभर धेरै संख्याका काग्रेस हार्नु आफै भित्रको गुटउपगुटले हो उनले भने । काग्रेस अगुवा नेता भरत चौधरीले गुटको विषय भन्दा पनि पार्टीको विधानलाई टेकेर राजनितिमा लाग्नु काग्रेस भित्रको विकल्प नरहेको वताएका थिए । अहिले पार्टी गाउ स्तर सम्म गएर कार्यकर्ताहरुको काम गर्नु पर्ने उनको धारणा रहेको थियो । त्यस्तै नेपाली काग्रेसका युवा नेता रमेश पोखरेलले ६० र ४० को भागबण्डाको जिम्मा हाललाई सबैले लिनु पर्छ उनले भने । अहिले सम्म पार्टीलाई संघियता नलाग्नु दुःखद कुरा हो नेतृत्वको कमजोरीको कारण नै पार्टी कमजोर हुदै छ उनले भने ।
































