सुनसरी/भोक्राहा गाउँपालिका ४ मा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
[caption id="attachment_47524" align="aligncenter" width="1600"]
ना ४ ख ८६२० नम्बरको ट्रक नहरको पर्खालमा ठोक्किँदा भोक्राहा गाउँपालिका ४ बस्ने अन्दाजी ४० वर्षीय मनोज मेहेताको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनलाई जिल्ला अस्पताल इनरुवा लगिएको थियो। उपचारका क्रममा मंगलबार साँझ उनको मृत्यु भएको हो। ट्रकका चालक मोरङ कोशीहरैचा ९ बस्ने ४५ वर्षीय टेकबहादुर विश्वकर्मा र सहचालक सुनसरी रामधुनी नगरपालिका १ बस्ने २२ वर्षीय अजय उराव घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले बताए।