विराटनर/ प्रहरी अधिकारीसहित २७ जना अभियुक्तको बयान सकिएको छ ।
[caption id="attachment_81958" align="aligncenter" width="2000"]
अन्तराष्ट्रिय विमानस्थलबाट अवैध रुपमा भित्रिएको साढे ३३ किलो सुन तस्करी र शनम शाक्यको हत्याको आरोपमा पक्राउ परेका ३० मध्ये सोमबारसम्म २७ जना अभियुक्तको बयान सकिएको हो । जिल्ला अदालत मोरङमा सोमबार १२ जना अभियुक्त उपस्थीति भइ बयान दिएका थिए । यसअघि १५ जनाको बयान सकिएको जिल्ला अदालत मोरङका श्रेस्तेदार नवराज दुलालले जानकारी दिए । अब न्याधिक हिरासतमा रहेका तीन जना अभियुक्तको मात्र बयान बाँकी रहेको श्रेस्तेदार दुलालको भनाई छ । उनका अनुसार एससपी दिवश लोहनी, डियसपी प्रजित केसी, र सञ्जय राउतको बयान आज मंगलबार हुनेछ ।
सोमबार पूर्व डिआइजी गोविन्दप्रसाद निरौला, एसएसपी विकाशराज खनाल, सहि बालकृष्ण सन्जेल र जवान विष्णुबहादुर खड्काको बयान सकिएको छ । बयान सकिएको यी प्रहरीको उक्त घटनमा संलग्न देखिएपछि पक्राउ परेका थिए । त्यस्तै विमानस्थलका कर्मचारी राजन थापा, तक्ले भन्ने पुन्य प्रसाद लामा, गोपाल श्रेष्ठ, हेमन्त गौतम, राजु महर्जन, अमरमान डंगोल, तुलाराम थारु, अमर मगरको बयान सकिएको छ । यसअघि २०६९ सालदेखी अवैध रुपमा सुनको कारोबारी गर्ने भुजुङ्ग गुरुङ, व्यापारी राजेन्द्रकुमार शाक्य, महावीर गोल्यान, विमानस्थलको कर्मचारी एलबी भन्ने लालबहादुर मगर, विरेन्द्रमान श्रेष्ठ, सम्बिर प्रसाद तोलाङ्गे, बालकृष्ण श्रेष्ठ, तुलाराम खत्री, गोरेको विश्वास पात्र टेकराज मल्ल ठकुरी, मोहन काफ्ले, लाक्पा शेर्पा, माधब भन्ने मदन प्रसाद घिमिरे, कृष्ण भन्ने नरेन्द्र कार्की र राजन कुमारको बयालन सकिएको छ । मोरङ अदालतको ६ नम्बर इजालमा न्यायधीस नारायण प्रसाद शर्माको रोबरमा बयान सुरु भएको हो । मंगलबार अन्तिम बयान सकिएपछि थुनचेक बहस सुरु हुनेछ ।
गएको बुधबार मोरङ अदालतमा मुद्दा दर्ता गरेको ६३ जना मध्ये न्यायिक हिरासतमा आठ जना प्रहरी अधिकारीसहित ३० जना छन् भने ३३ जना अझै फरार छन् । फरार हुनेमा मुख्य नाइके चुडामणि उप्रेती गोरेसहित बहालवाल एससपी श्याम खत्री समेत छन् ।