काठमाडौं/ बाघको छाला र हड्डीसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले मकवानपुरको बाग्मती गाउँपालिका–३ का चेत बहादुर वाईबालाई पक्राउ गरेको हो।

उनको साथबाट एउटा बाघको छाला र ९ केजी बाघको हड्डी फेला परेको सिआईबीले जनाएको छ। पक्राउ परेकालाई जिल्ला वन कार्यालय मकवानपुरमा बुझाएको छ। बाघको छालाको स्रोत खुल्न सकेको छैन।