काठमाडौं/ ग्रेजी शब्द ‘भर्जिन’लाई कौमर्यताको अर्थमा बुझ्ने गरिन्छ। कहिलेदेखि यौन सम्पर्क नगरेकालाई ‘भर्जिन’ भनिन थालियो भन्ने बारेमा रोचक प्रसंग रहेको छ।

‘भर्जिन’ शब्दको शाब्दिक अर्थ ‘शुद्ध’ हो। अर्थात् शत-पतिशत शुद्ध, बिना कुनै मिसावट, पवन र पवित्र ।

अंग्रेजी भाषामा ‘भर्जिन’ शब्द पहिलो चोटि सन् १२०० मा सुनिएको हो ।  क्याम्ब्रिज विश्वविद्यालयको ट्रिनिटी कलेजको पाण्डुलिपिमा uirgines शब्द प्रयोग भएको भेटिन्छ । त्यसमा एउटा वाक्य भेटिन्छ ‘martirs and confessors and uirgines maked faier bode inne to women.’ यही urigenes शब्द पछि गएर virgin भएको हो ।

यसका अतिरिक्त ‘भर्जिन’ शब्दको प्रयोग अधिकतर इसाई धर्मसँग जोडिएको पाइन्छ । चर्चका पादरीहरूको लेखनमा यस शब्दको भरपुर प्रयोग भएको भेटिन्छ ।

उहिले ‘भर्जिन’ शब्दको सम्बन्ध कुनै केटीको धार्मिक मान्यतासँग जोडिने योग्यताको रूपमा पनि हेर्ने गरिन्थ्यो । अर्थात् कुनै केटी चर्चसँग जोडिएको खण्डमा उसका लागि यो शब्दको प्रयोग हुने गर्दथ्यो ।

अंग्रेजी भाषाका प्रचलित शब्दकोशहरूमा ‘भर्जिन’ स्शाब्द्का लामा लामा परिभाषाहरू भेटिन्छन् । अक्सफोर्ड डिक्सनरीमा मात्रै ‘भर्जिन’ शब्दका १८ वटा परिभाषा रहेका छन् ।

भर्जिन आइल्यान्ड्स आइल्याण्डस्  

क्रिस्टोफर कोलंबसले सन्त अर्सुलाकै सम्मानमा एउटा समुद्री द्वीप समूहको नाम नै भर्जिन आइल्यान्ड्स राखे । एटलान्टिक महासागर र क्यारेबियन सागरबीचको यस द्वीप समूहलाई ब्रिटेनमा ‘भर्जिन आइल्याण्ड’ भनिन्छ भने अमेरिकामा ‘भर्जिन आइल्यान्ड्स अफ् युनाइटेड स्टेट्स भन्ने गरिन्छ ।