महानायकको दर्जा पाएका राजेश हमाल यतिबेला टाढै छन् । उनको पछिल्लो चलचित्र ‘सकुन्तला’ असफलभएपछि उनी अभिनयबाट भने टाढा छन् । उनका सहोदर नायकहरु फिल्म निर्माण तथा निर्देशनमा होमिईसक्दा राजेश भने चलचित्र क्षेत्रबाट नै टाढा रहँदा उनको महानायकको उपाधीमा नै प्रश्न उठ्न थालेको थियो ।

त्यसोत धेरै पहिलेदेखि राजेशले फिल्म निर्देशन गर्ने खबरहरु बाहिरिएको थियो तर फिल्मको कुनै चाँजोपाँजो नदेख्दा राजेशले निर्देशन गर्ने खबर खबरमै सिमीत थियो । तर अब फाईनली राजेशले निर्देशन गर्ने कुरा पक्का भएको छ । हाल सम्म नाम सार्वजनिक नगरिएको एक चलचित्रलाई राजेशले निर्देशन गर्ने भएका छन् ।

करिब ३ करोडको बजेटमा अमेरिकामा बस्दै आएका अनिल पाण्डे र युवराज कार्की ले निर्माण गर्न लागेको चलचित्रमा राजेशको निर्देशनसंगै अभिनय पनि पक्का भएको हो । राजेशकै आग्रहमा चलचित्रको नाम वा अन्य जानकारी गोप्य राखिएको बताईएको छ ।

चार वटा गीत सबै रेकर्ड भईसके को उक्त चलचित्रमा राजेशको अपोजिट प्रियंका कार्कीको पनि चर्चामा रहेको छ भने नम्रता सापकोटा पनि चलचित्रमा हुने बताईएको छ । राजेश हमाल दिल्ली भ्रमणबाट फर्केपछि उनीसँग औपचारिक सम्झौता हुने बताइएको छ । चलचित्रको अधिकांश सुटिङ अमेरिकामा नै हुने बताईएको छ ।