सुनसरी/ सुनसरीको धरान उप-महानगरपालिका-८ स्थित सेउती पुल नजिकैबाट प्रहरीले विहीबार लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा को ९ प ७४७८ नम्बरको मोटरसाइकलमा सवार सुनसरी धरान उप-महानगरपालिका-३ बस्ने २६ बर्षिय संजय साह रहेका छन्।
प्रहरीले उनको साथबाट कोरेक्स ५ बोतल र एस.पी ७ ट्याबलेट बरामद गरेको छ। उनलाई वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहीको टोलीले बेलुका १० बजे पक्राउ गरेको हो। उनलाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरेहको छ।
यस्तै झापाको मेचीनगर नगरपालिका-४ बाट प्रहरीले भारतबाट नेपालतर्फ भन्सार छलेर ल्याउदै गरेको २१ हजार ६ सय मुल्य बराबरको बोइलर कुखुरा बरामद गरेको छ।