काठमाडौं/ भारतको मध्य प्रदेशमा एक अचम्मको घटना सार्वजनिक भएको छ । त्यहाँ एक आमाले आफ्नो बच्चालाई गोरो बनाउनका लागि ढुंगाले बेस्सरी रगडेकाले बच्चाको छालाभरि घाउ भयो ।प्रहरी तथा बालक उद्धार संस्थालाई कसैले फोनमा जानकारी दिएपछि यो घटनाको खुलासा भएको थियो ।

आरोपित सुधा तिवारी एक सरकारी विद्यालयमा पढाउँछिन् । उनले यो बच्चा उत्तराखण्डस्थित मातृछायाबाट करीब डेढ वर्षअघि धर्मपुत्र बनाएकी थिइन् ।

सुधालाई बच्चाको कालो रंगले पहिलेदेखि नै टेन्सन दिइरहेको थियो । उनले बच्चालाई गोरो बनाउन अनेक कोशिश गरिन् तर सफलता हात पारिनन् । पछि कसैले उनलाई कालो ढुंगाले घोटेमा बच्चा गोरो हुने कुसल्लाह दियो र अनि उनले ढुंगा घोट्न थालिन् । त्यसले गर्दा बच्चाको शरीरमा घाउ भयो ।

यसको जानकारी प्रहरी र चाइल्ड लाइनलाई प्राप्त भएपछि बच्चालाई सुधाको अत्याचारबाट मुक्त गराएर हमीदिया अस्पताल लगियो । अब बच्चालाई चाइल्ड वेलफेयर कमिसनसामु प्रस्तुत गरिनेछ ।

एजेन्सी