पाँचथर/ पाँचथर प्रहरीले नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेकपा माओवादीका पाँच कार्यकर्तालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा संगठनका कार्यबाहक जिल्ला सेक्रेटरी पेम्बा शेर्पा, सचिवालय सदस्य बिजय नेम्बाङ, जिल्ला सदस्यहरु एलिया नेम्बाङ, कबिराज चेम्जोङ र भुपेन चेम्जोङ रहेका छन् ।

देशैभरी बिप्लवका कार्यकर्ता पक्राउ परिरहेको बेला प्रहरीले भने गस्तिमा रहेका प्रहरी सँग अभद्र ब्यवहार गरेकाले उनीहरुलाई पक्राउ गरिएको जनाएको छ । उनीहरु उपर केही सार्वजनिक अपराध अन्तर्गत मुद्धा दायर गरिने प्रहरीले जनाएको छ ।