कतार । प्रवासी नेपाली मञ्च कतारको आयोजनामा एक दिने प्रशिक्षण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
कतारमा रहेका पार्टी कार्यकर्तालाई दिइएको एक दिने प्रशिक्षण कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सचिव एवं नं. प्रदेश नं. संयोजक भिम आचार्य, अनेम संघ सुनसरी अध्यक्ष मिरा आचार्य लगायतका नेताले प्रशिक्षण दिएका थिए । पूर्व पर्यटन मन्त्री भिम आचार्यले देशको वर्तमान राजनीतिक अवस्था, सरकारका प्रमुख कार्यक्रमहरु तथा पार्टी एकताका बिषयमा प्रकाश पारेका थिए । प्रमुख अतिथि समेत रहेका आचार्य पार्टीको नीति नियम र सिद्धान्तका बिषयमा प्रशिक्षण दिएका थिए । देशमा समृद्धि एबम बिकासले गति लिएको र जनताको सर्बाधिक मतसहित पहिलो पार्टी बन्न सफल नेकपा एमालेले जनअपेक्षा अनुरुप नै काम गर्ने उनले बताए ।
अहिले देशमा पचासौ प्रधानमन्त्रीसम्म आइपुग्दा कसैले आफ्नो कार्यकाल पुरा गर्न नपाएको अनि राजाको पालामा समेत दरबरियाहरुको विभिन्न व्यक्तिगत आकांक्षाको कारणले त्यतिबेला पनि विकाशका कार्यक्रमले प्राथमिकता नपाएको अवस्थामा अहिलेको नेकपा एमालेको सरकारले कम्तिमा पाँच सरकार चलाएर देशको आर्थिक सम्बृद्धि गर्ने उनले बताए ।
कार्यक्रमका अध्यक्ष तथा प्रवासी नेपाली मञ्च कतारका अध्यक्ष चानक पोख्रेलले भिम आचार्यबाट धेरै कुरा सिक्न पाएको भन्दै खुशी व्यक्त गरेका थिए । उनले कतारमा काम गर्ने सबै नेपाली स्वेच्छाले नभई बाध्यतामा परेर आफ्नो देश, अनि परिवारलाई छाडेर यहाँ आएर काम गर्नु परेको छ तर अब यो सरकारले पाच वर्ष भित्रमा हामीलाई बाध्यताले होइन इच्छाले मात्र कतार आउनु पर्ने अवस्थाको सिर्जना गर्नलाई व्यवस्था मिलाउन सुझाव दिए ।
शालिमार होटेलको हलमा भएको प्रशिक्षण कार्यक्रममा स्वागत मन्तव्य मञ्चका प्रथम उपाध्यक्ष द्रोण बस्नेतले गरे । ४ घण्टासम्म चलेको कार्यक्रममा उल्लेख्य संख्यामा उपस्थिति रहेको थियो । प्रवासी नेपाली मंच कतारका कार्यबाहक महासचिब प्रभात त्रिपाठीले संचालन गरेको कार्यक्रमा प्रवासी नेपाली मंच कतारका अध्यक्ष चानक पोख्रेलले अध्यक्षता ग्रहण गरेका थिए ।
































