हलिउड अभिनेत्री एन्जेलिना जोली कर्मशील नारी हुन्। आफूलाई आराम र रमाइलो गर्न छुट्टै समय नचाहिने उनी बताउँछिन्। त्यसैले कसैले उनलाई ‘समय छुट्याएर रिल्याक्स गर्नु नि !' भन्यो भने झनक्क रिसाउँछिन्।

‘साँच्चै भन्ने हो भने म आराम गर्दिनँ,' उनले एक अन्तर्वार्तामा भनिन्, ‘म मात्र होइन, मजस्ता अधिकांश महिला समय छुट्याएर आराम गर्दैनन्।' जेसुकै गर्दा पनि छोराछोरीका लागि आफूले केही न केही गरिरहेको हुने उनले बताइन्। ‘नुहाउन जाँदा पनि कम्तीमा दुईजना सन्तानलाई नुहाइदिने गर्छु,' उनले भनिन्, ‘आराम गर्न भनेर मैले समय छुट्याउने गरेको छैन।'

एजेन्सी