Trending Tags

प्रदिप र पुजाबीच जम्का भेट हुँदा के भयो ?

alt
  • चैत्र ९, २०७४
  • ब्लाष्ट खबर

प्रेम गीतले नै एकाएक चर्चामा ल्याएका कलाकारहरु हुन् प्रदिप खड्का र नायिका पुजा शर्मा । सुटिङको समय निकै नजिक बनेका यी दुईबीच प्रेम गीतको रिलिज लगत्तै निकै ठुलो फाटो आयो । ‘प्रेम गीत’ को सफलताको श्रेय प्रदिपलाई मात्र दिँदा र सुर्दशन थापा , सन्तोष सेन या भनौ टिमबीच नै फाटो ल्याएको भन्दै पुजाले प्रदिपलाई फेसबुकबाट ब्लक नै गरिन् ।

त्यसपछि सुरु भएको उनीहरुको वाक युद्ध बेला बेलामा मिडियामा प्रशस्तै देखियो । भनिन्छ पुजाले म यस्तो गीत गाउँछु चलचित्र प्रदिप र सन्तोषको सेख मार्नको लागि नै बनाएकी थिईन् । चलचित्र हिट पनि भयो उता प्रदिप पनि के कम आफनो बलबुतामा नै ‘प्रेम गीत २’ हिट बनाए । सम्बन्धमा नै फाटो आएपछि पुजाले भन्दा प्रदिपले नै बढि आलोचना खेपेको भने सत्य हो ।

आफनो सोचबिचार नगरीकन दिएको अभिव्यक्तिको आलोचना भएपछि बोल्दा समालिन थालेका प्रदिपले एकाएक अन्तरवार्ताहरुमा पुजासंग चलचित्र खेल्न कुनै अप्ठ्यारो नरहेको भन्दै सम्बन्ध सुर्धान प्रयास गरेको हो की भन्ने भान दिएका थिए । करिब २ बर्षको अन्तरालमा प्रेम गीतका प्रेम र गीतबीच अचानक भेट हुँदा बोलीचाली पनि मिसिन गएको छ ।

स्टार मलमा भएको एक कार्यक्रमकाबीच प्रदिप र पुजाको भेट हुन पुग्यो । अकास्मात भेट भएपछि दुबै जना असहज महसुस गरेको तर प्रदिपले नै बोल्न सुरु गरेपछि यी दुईबीच बोलचाल भयो । उक्त दृश्य देख्नेहरुले गजब्बै तरिकाले अनौठो मान्दै हेरेका थिए किनकी कुनै समय पानी बाराबारको अवस्थामा पुगेका प्रदिप र पुजाबीच भएको बोलचालपछि उनीहरुलाई रुचाएका , यो जोडी पर्दामा फेरी हेर्न चाहाने फ्यानहरु भने निकै खुसी भएका छन् ।

हाई हेल्लो सकिएपछि एकाअर्कालाई अंकमाल गर्दे छुटिएका थिए ।के अब प्रदिप र पुुजाको उक्त बोलचाल र अंकमालले दुरी घट्ला ? के भबिष्यमा साच्चै नै यी दुईबीच मित्रता फेरी मौलाउँदै पर्दामा एकसाथ देखिएला ??? त्यो भने आम दर्शकहरुका लागि नै चासोको बिषय हुनेछ ।

कृषिमन्त्री भुसाललाई ...

बिर्तामोड । कृषि मन्त्री घनश्याम भुसालले कृषकको उपस्थित ...

नियम मान्दैनन् याताय ...

विजयपुर । सरकारले लागु गरेको भाडा दर र स्वास्थ्य सुरक्ष ...

धनकुटामा घर भत्कीदा ...

ब्लाष्टखबर । धनकुटामा घरले पुरिदा  ७ महिनाकी नाबाल ...

‘कसैले खाना नखाएको स ...

११ वडामा विभाजित बेलबारी नगरपालिका कुल १ सय ३२ दशमलव ७९ ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved