सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
मनोरञ्जन

महंगिए केदार ,पाए २५ लाखको अफर

ब्लाष्ट खबर चैत ४, २०७४ २ मिनेट पढाइ ० प्रतिक्रिया
Facebook X Viber

यतिबेला नेपाली सिनेक्षेत्रमा कलाकारहरुको प्रेम सम्बन्धपछि सबैभन्दा चर्चाको बिषय बन्ने गरेको छ उनीहरुको पारिश्रृमिक । यतिबेला कलाकारहरुबीच कसले बढि पारिश्रृमिक लिने भन्नेबारेमा तँछाड र मछाडको अवस्था रहेको छ ।

हालसम्म सबैभन्दा धेरै पारिश्रृमिक लिनेमा नायक प्रदिप खड्का ‘लिलिबिली’ बाट २२ लाख, अनमोल कृ बाट २० लाख , विपिन कार्की १७ लाख , केदार घिमिरे १० लाख र नायिका साम्राज्ञी पनि १० लाख पारिश्रृमिक लिएको चर्चा छ ।

कलाकारहरु आफनो बाहुल्यता देखाउँन पनि बढि पारिश्रृमिक लिएको झुठो खबर फैलाउँने गरेको पनि देखिएको छ भने प्रदिप , अनमोल , पल शाह लगायतका केही चर्चित नायकहरुलाई भने महंगो महंगो पारिश्रृमिक अफर हुने गरेको छ । अनमोललाई ५० लाख , प्रदिप र पललाई ३० लाख अफर गरेको बताउँने गर्छन् ।

यसबीचमा नायकहरुको दौडमा बढि पारिश्रृमिक लिनेमा हाँस्य कलाकार केदार घिमिरे पनि परे । उनले रामकहानीमा १० लाख लिएर चर्चामा आएको केही समय पनि नबित्दै उनलाई २५ लाखको अफर आएको बताएका छन् । उनले कुन चलचित्रका लागि २५ लाखको अफर आएको खुलाएका छैनन् ।

आफुले पैसालाई मात्र नहरेकीकन चलचित्रको कथा र स्क्रिप्ट राम्रो भए काम गर्न कुनै गाह्रो नहरेको बताए । उक्त चलचित्र आफुले साईन गरिनसकेको बताउँने केदार घिमिरेले एउटा चलचित्रका लागि कलाकारले दिने मेहनत र समय हेर्दा २५ लाख पारिश्रृमिक कुनै ठुलो कुरा नभएको उनको तर्क छ ।

यो समाचार सेयर गर्नुहोस्
Facebook X Viber
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस् Subscribe

प्रतिक्रिया ०

इमेल सार्वजनिक गरिँदैन। सम्पादकको स्वीकृतिपछि प्रतिक्रिया प्रकाशित हुन्छ। ०/१५००
अहिलेसम्म कुनै प्रतिक्रिया छैन यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

सम्बन्धित समाचार