सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
मनोरञ्जन

भुवन के.सीलाई लाग्यो चोरीको आरोप

ब्लाष्ट खबर फागुन २३, २०७४ २ मिनेट पढाइ ० प्रतिक्रिया
Facebook X Viber
भुवन के.सीलाई लाग्यो चोरीको आरोप

नयक भुवन केसीलाई चोरीको आरोप लागेको छ । केसीलाई ‘कृ’ फिल्मको ‘उकालीमा पछि–पछि, ओरालीमा अघि–अघि’ बोलको गीतमा चोरीको आरोप लागेको हो ।

अहिले यही गीत लफडामा परेर प्रहरीकहाँ मुद्धा चलिरहेको छ । ३३ वर्षअगाडि सयपत्री मुभिज्ले शम्भु प्रधानको निर्देशनमा निर्माण गरेको फिल्म सम्झनाको यो गीतमा उतिबेला भुवन केसी र तृप्ती नाडकर देखिएका थिए । त्यहीगीत अहिले नयाँ फिल्म ‘कृ’ मा हालिएको छ, जसमा भुवनका छोरा अनमोल र नायिका अदिती बुढाथोकीहरु छन् । लफडाचाहिँ प्रतिलिपी अधिकारको हो । सोसम्बन्धी ऐन, २०५९ को दफा २५ (१) (क) र (ख) बमोजिमको कसुर गरेका छन्, भुवन केसी र सुवाष गिरीले । । मुद्धाको फाइल टेकुस्थित प्रहरी परिसरका डिएसपी मोहन थापाको टेबुलमा छ । उजुरकर्ता उनै चलचित्र निर्देशक शम्भु प्रधान हुन् । फिल्मका निर्मातामध्ये भुवन पनि एक हुन् भन्ने दावी छ, शम्भुको । तर, भुवन आफू नभएर सुवाष निर्माता भएको बताउँछन् । देश–विदेशमा फिल्म चलाएर करोडौँ व्यापार गरिसकेको फिल्म ‘कृ’ ले आफ्नो स्वामीत्वमा रहेको उक्त गीत प्रयोग गरेबापत शम्भु प्रधानले कूल आम्दानीको ५० प्रतिशत रकम क्षतिपूर्तिस्वरुप दावी गरेका छन् । दावीबमोजिम क्षतिपूर्ति दिँदा पनि एक करोडभन्दा बढी तिर्नुपर्छ । तर, केही दिनअघि ‘कृ’ पक्षका कानुन व्यवसायी र प्रहरीले शम्भुलाई ‘दुई–तीन लाख रुपैयाँ लिनुस्, चूप लागेर बस्नुस्’ भनेका छन् । शम्भुले भने, ‘मेरो सम्पत्ति जथाभावी प्रयोग गरेर उनीहरु पैसा कमाउने, म न्याय माग्न जाँदा भिख मागेजस्तो व्यवहार गर्ने रु त्यस्तो त हुँदै हुँदैन ।’
यो समाचार सेयर गर्नुहोस्
Facebook X Viber
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस् Subscribe

प्रतिक्रिया ०

इमेल सार्वजनिक गरिँदैन। सम्पादकको स्वीकृतिपछि प्रतिक्रिया प्रकाशित हुन्छ। ०/१५००
अहिलेसम्म कुनै प्रतिक्रिया छैन यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

सम्बन्धित समाचार