काठमाडौं/एउटै फिल्डमा काम गर्ने साथीको श्रीमतीलाई फेसवुकमा अश्लिल फोटो र भिडियो पठाएपछि चलचित्र निर्माता तथा छाँयाकार डिक खड्का पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले खड्कालाई सोमबार काठमाडौंको बानेश्वरबारबाट नियन्त्रणमा लिइएको महाशाखा प्रमुख (एसएसपी) दिवेश लोहनीले जानकारी दिएका छन् ।

चलचित्र निर्माता संघको पूर्व सदस्य समेत रहेका खड्कामाथी काठमाडौं जिल्ला अदालतबाट साईबर अपराधमा म्याद लिएर थप अनुसन्धान शुरु गरिएको एसएसपी लोहनीले बताए ।

प्रहरीका अनुसार एक महिलाले मोरङको केराबारी स्थायी घर भएका खड्कामाथी सामाजिक सञ्जालमार्फत ‘सेक्स्युअल ह्यारेसमेन्ट’ गरेको आरोप सहित उजुरी दिएकी थिईन् ।

खड्काले छाउपटी, मजवुर लगायतका फिल्म निर्माण गरेका छन् । २०१३ मा उनी उपकरण ब्यवसायी संघको अध्यक्ष समेत भएका थिए ।