नेपाली चलचित्र क्षेत्रकी सुन्दर नायिका अशिष्मा नकर्मी बैबाहिक जीवनमा बाँधिने भएकी छिन् । अशिष्माले फागूण २८ गते बिबाह गर्न लागेकी हुन् । अशिष्माले नयाँ बानेश्वरमा बस्दै आएका व्यवसायी नविन चन्द्र प्रधानसँग बिहे गर्न लागेकी हुन् । अशिष्माले मागी बिहे गर्न लागेकी हुन् । उनी रंगिन दुनियाँमा प्रेमको चर्चाबाट टाढै रहिन् ।

बिहेको बिषयमा छोटो प्रतिक्रिया दिदै अशिष्माले भनिन्–‘हो, बिहे अर्पझट नै हुन लागेको छ । पारिवारिक कुराकानीपछि बिहे हुन लागेको हो ।’चलचित्र क्षेत्रमा चर्चामा रहेकी नायिका नायिका अशिष्माले अभिनय गरेको पहिलो चलचित्र ‘अन्तराल’ हो । यसपछि, उनले ‘तोरी लाहुरे, राधे, मेला’ जस्ता चलचित्रमा काम गरिन् । अशिष्मा अहिले चलचित्र निर्माणमा नै लागेकी छिन् । उनले नेपाल भाषाको चलचित्र ‘लाखे भाजुः’ निर्माण गरिरहेकी छिन् । शनिबार अशिष्मा र नविनको प्रि वेडिङ फोटोसुट समेत रहेको छ ।

अशिष्मालाई हाम्रो तर्फबाट बैबाहिक जीवनको अग्रिम शुभकामना ।