मुम्बई/ एक समयमा ‘सिरियल किसरका’ नाम कमाएका नायक हुन इमरान हासमी । उनी अभिनित फिल्म चुम्बन बिना सफल नै हुदैन्थ्यो । तर उनी अहिले नराम्रा दिनहरुबाट गुज्रिरहेका छन् । आफनो पहिचान बनाउने चक्करमा उनले ती दर्शकहरुलाई पनि गुमाइसके जो इमरानको फिल्म केवल चुम्बन दृश्यको लागि मात्र भनेर भए पनि हेर्न आउँथे ।

अहिले उनको खासै राम्रा फिल्महरु प्रर्दशनमा आएका छैनन् । उनीमाथी दाउ लगाउने निर्माताहरु पनि एकदमै कम छन् । यती मात्र नभएर उनका आफनै नातेदार महेश भट्ट र मुकेश भट्टले पनि उनलाई लिएर कुनै फिल्म बनाएका छैनन् ।

अन्त :   अब उनी आफै निर्माता बनेर फिल्म बनाउँदैछन् । उनीसँगै टी–सिरिज र एउटा कम्पनी मिल्ने पक्कापक्की भएको छ ।

उनले बनाउन लागेको फिल्मको नाम हो ‘चिट इन्डिया’ जसलाई २५ जनवरी २०१९ मा प्रर्दशन गरिनेछ । इमरानले फिल्म त बनाउन लागे तर उनलाई यो बेला पनि सुख भने हुनेछैन । यही दिन ऋतिक रोशन अभिनित फिल्म ‘सुपर ३०’ पनि प्रर्दशन हुँदैछ ।

अब त्यो समयमा कुन फिल्मले आफना लगानी उठाउने हुन त्यो अहिले भन्न सकिन्न् । तर मान्छेहरु यस विषयलाई लिएर इमरानलाई गाली गरिरहेका छन् । उनीहरुले भनेका छन् कि, शुरुबाट नै इमरानको फिल्मी बजार फिटिक्कै छैन र यस्तो समयमा उनी ऋतिकसँग भिड्दैछन् । यो त मलाई सिधै आएर झापड हान् भनेको जस्तो भयो ।

भारतीय निर्देशक निर्माताहरु यहाँको गणतन्त्र दिवसलाई एकदमै मन पराउँछन् । कुनै बेला ऋतिक रोशनको ‘काविल’  र शाहरुख खानको ‘रइस’ पनि यसरी नै भिडेका थिए । यो वर्ष पनि ‘अथ्यारी’ र ‘पैडमैन’ बिच भिडन्त नै थियो । तर ‘पद्मावत’ को प्रर्दशनीले गर्दा यी दुईबिचको भिडन्त केही समयको लागि रोकिएको थियो ।

अब के इमरान ऋतिकसँग भिड्छन् या पछि हट्छन् त्यो भने आउने दिनहरुमा थाहा हुन्छ । एजेन्सीको सहयोग