लहान/ नेपाली र भारतीय नक्कली नोटसहित प्रहरीले सिरहाको नरहा गाउँपालिका–१ स्थित नयाँ चोहर्वा चोकबाट आइतबार साँझ दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीले एक हजार दरको १५ वटा नक्कली नेपाली रुपैयाँ र दुई हजार दरको तीनवटा नक्कली भारतीय रुपैयाँसहित नरहा गाउँपालिका–२ निवासी ३२ वर्षीय रोशनकुमार यादव र धनुषाको शहीदनगर नगरपालिका–२ निवासी १६ वर्षीय महेशकुमार यादवलाई पक्राउ गरेको हो।
नयाँ चोहर्वा चोकमा खटिएको प्रहरी टोलीले ज ५प ६२०९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा रकम फेला पारेपछि दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।