केही समयअघि अभिनेत्री ज्याकलिन फर्नाडीजले पोल डान्स गरेको भिडियो भाइरल भएको थियो । पोल डान्स एक किसिमको कामुक नृत्य हो । नृत्य र जिम्न्यास्टिकको संयोजनबाट तय गरिएको पोल डान्स अक्सर स्टि्रप क्लबमा देखाइन्छ ।

यी बलिउड सुन्दरीले जब कामुक पोल डान्स देखाइदिए, त्यसको राप सर्वत्र फैलियो । र, यसले रेमो डिसूजालाई पनि हुरुक्कै बनाएछ । उनले आफ्नो फिल्म ‘रेस-३’ मा ज्याकलिनको पोल डान्स दोहोर्‍याउने टुंगो गरे । यो फिल्म ‘रेस’ र ‘रेस-२’को सिक्वेल हो ।

निर्देशक रेमो डिसूजाले भनेका छन्, ‘ज्याकलिन एकदमै मिहेनती छिन् । कम समयमै उनी पोल डान्समा परांगत भएकी छिन् । हामीले उनको पोल डान्सको कौशल त देखिसकेका छौं । त्यसैले उक्त डान्सलाई म आफ्नो फिल्ममा सामेल गर्दैछु ।’

‘रेस-३’ मा सलमान खानसँग ज्याकलिन फर्नाडिजले रोमान्स गर्दैछिन् । यसअघि उनीहरु ब्लकबस्टर फिल्म ‘किक’मा देखिएका थिए ।

जब यहि जोडी ‘रेस-३’ मा दोहोरिने चर्चा भयो, तब फिल्मले राम्रो पब्लिसिटी पाइरहेको छ । सलमान खान फिल्म्स् र रमेश तौरानीको टिप्स फिल्म्स्को ब्यानरमा बन्ने यो फिल्म आगमी ईदमा सार्वजनिक हुनेछ ।