एजेन्सी/ कपाल सफा राख्न कोही हप्तामा एक पटक कपाल त कोही ३ देखी ४ पटक नुहाउँछन् । हप्तामा यति नै दिन नुहाउनुपर्छ भन्ने कुनै नियम त छैन । तर, सफा हुने नाममा बारम्बार सेम्पु दल्दा कपाललाई नोक्सानी पनि पुग्न सक्छ ।
हरेक व्यक्तिहरुको कपाल फरक प्रकृतिको हुने हुदा कुनै पनि रुटिन पछ्याउनुभन्दा अगाडि थुप्रै पक्षहरुलाई ध्यान दिनुपर्छ । कपालमा जिनको प्रभावलाई नजरअन्दाज गर्न सकिन्न । यो जरुरी छैन कि जुन प्रोडक्ट र विधिले अरुको कपाललाई फाइदा गरेको छ, त्यसले सबैलाई फाइदा गरोस । कम्तिमा एक हप्ता एउटा रुटिन फलो गर्न सकिन्छ । त्यसमा चित्त बुझेन भने अर्को रुटिनमा जानुपर्छ । कपाल तीन दिनमा एक पटक धुनु ती व्यक्तिहरुका लागि उपयुक्त हुन सक्छ जसको दिनचर्या अलिकति सुस्त छ । हरेक विहान उठेर वर्क आउट गर्ने व्यक्तिहरुको कपाल चिपचिपे हुन्छ । उनीहरुका लागि यो रुटिन सही हुँदैन ।
नियमितरुपमा सेम्पु प्रयोग गर्नुको साटो कन्डिसनिङ गर्नु उपयुक्त हुन्छ । कपाललाई पोषित गर्नका लागि अर्गानिक, एसेन्सियल आयलले मसाज पनि गर्छौं । यो एउटा चक्र जसरी घुमिरहन्छ । तर, सत्य के हो भने स्काल्पले उत्पादन गर्ने तेल कपालका लागि सबैभन्दा उपयुक्त हुन्छ । त्यसैले यस्ता उत्पादनहरुबाट टाढै बस्न राम्रो हुन्छ ।
बारम्बार सेम्पु दल्नाले कपालको प्राकृतिक तेल नष्ट हुन्छ । त्यसैले सँधै सेम्पु दल्नुका साटो कहिलेकाहीँ पानीले मात्रै कपाल सफा गर्न पनि सकिन्छ । कपाल भिजाउने र औंलाले मसाज गरेर फोहोर सफा गर्नुस ।