सन्तेलाइ सम्झना हुन थाल्छ कि उ बिस्तारै बढ्दै जादा हजुरआमाको काखबाट अब तल्ला घर, माख्ला घरका साथिभाइहरु संग खेल्न सुरु गर्छ । सन्तेको घरमा अर्को नयाँ सदस्यको जन्म हुन्छ याने सन्तेले खेल्ने बोल्ने माया गर्ने भाइ पायो। यस अगाडि सन्तेलाइ हजुरआमाले जसरि स्याहार सुसार गर्नु हुन्थ्यो । अव सन्तेको भाइले त्यो माया पाउने छ । सन्तेको बाबाले जागिरबाट तलव प्रति महिना पच्चिस पैसा कमाउने र त्यो पनि छाडि सकेको, निबृतिभरण भत्ता प्रतिमैना आठ पैसाले खासै गर्जो टर्दैनथ्यो । घरको आयश्रोत नाजुक हुदै थियो । उस्को हजुरबाको यजमानी कामले खानाकोलागि सिदाको रुपमा ल्याएको चामलले केहि भरथेग गरेको थियो तर अरु सामन किन्न पैसाको अभाव हुदै गएको थियो ।
खेतिकिसानी र बस्तुभाउबाट खासै नगद आम्दानि गर्न सकिदैनथ्यो । खालि पारिवारिक उपभोगको लागि ठिक्क हुन्थ्यो । अर्थात गुजरामुखि थियो खेतिपाति र पशुपालन । अन्नपात, मासु, दाउरा, मल, बिउमा आत्मा निर्भर नै थियो । खालि लत्ता कपडा, मरमसलाको लागि भने पैसा खर्च गनु पर्ने थियो । यो लगभग प्रति सदस्य वर्षमा दुइजोर कपडा किन्नु पर्दथ्यो ।
अनि अर्को ठुलो धनरासि घन्टेमाझिकोबाबाबाट सन्तेको तिन पुस्ता अघिदेखिको सावाँको ब्याज तिर्नको लागि नगदको संकट भैरहन्थ्यो । घन्टेमाझीका बाबाको व्यवहार सन्तेले अनुभव गर्न पाएन किनकि सन्ते जन्मनु अघिनै परलोक भैसकेको भनेर सन्तेको हजुरबा भन्नु हुन्थ्यो । वहाका अनुसार घन्टे साहु मनकारि थियो । व्याज दुइवर्ष भन्दा बढिको जम्मा भयो भने नगद नभए, खसि, जोत्नेगोरु, दुहुनु गाइ दिइ व्याज चुकाइने गरेको थियो रे । वहा भन्नुहुन्थ्यो यसरि साहूले हामि प्रति गंभिर अपराध गरेन ।
त्यो बेलाका साहुहरु ऋणीहरुको जग्गा जमिन, सामाजिक हैसियत हेरेर त्यहि अनुसारको व्यवहार गर्दथे । साहुहरु तमसुक पत्रमा रु १ को ऋणलाइ सुन्य थपेर दश बनाउने र रु १० को ऋणलाइ सुन्य थपेर सय बनाउने, रु ५ को ऋणलाइ एक सुन्य वा दुइ सुन्य थपेर पचास वा पाँच सय बनाउने गरेका रहेछन । यो कुरा सन्तेका बाबाको पालामा गोप्य रुपमा केहि ऋणीहरु आपसमा कानेखुसी गर्दा रहेछन । ऋणीहरुले साहुका बिरुद्ध खुला रुपमा बोल्न पाइदैनथ्यो । कसैले बोलेमा राजकाज मुद्या लाग्दथ्यो । सामान्तिहरुबाट उस्को जबरजस्त समाजमा कथित बहिस्कारको झ्यालि पिटिन्थ्यो । कुनै ब्रह्मणलाइ जनै काटेर सजाय दिने गरिन्थ्यो ।
कसैकसैलाइ त चारापाटा मुडेर (याने टाउकोको चारतिरको कपाल मुन्डन गरेर) सात डाँडा कटाउने सजाय पाउथे । उस्को हात कलम वा उस्ले समाजमा गर्ने सम्पुर्णकामको मान्य नहुने भनिन्थ्यो । सायद यो सजाय कडा मानिन्थ्यो । यो डरले समाजमा खुला रुपमा साहु, मुखिया, जिम्वालका बिरुद्ध बोलेमा राज्य विप्लव गरेको आरोपमा प्रकृति अनुसार उ वा उस्को परिवार सहित, सर्बस्वहरण गरि गाँउ, जिल्ला वा देश निकाला गरिन्थ्यो । साहू, मुखिया र जिम्मवालहरुको पक्षमा संपुर्ण राज्य संयन्त्र हुने गर्दथ्यो । हजुरबाले भन्नुहुन्थ्यो लप्टनको छोरो राम जातमा बाहुन थिए, समान्तिहरुले यो केसमा थिए । उस्को लेखपढि समाजमा मान्य हुदैनथ्यो । उस्लाइ हातकलम गरिएको थियो।
सन्तेको हजुरबा भने अलि बिद्रोहि स्वभावको हुनुहुन्थ्यो । एक पटक पल्ला गाँउको यजमानको साहूले यजमानलाइ दश मुरि धान उब्जने खेत रु १ सावाँको दश बर्षको ब्याज तिर्न नसक्ता उक्त खेत लिलामि गरेका थिए रे । सन्तेको हजुरबाले न्यायका पक्षमा बोल्दा पाँच घर यजमान खोसिएको घोषणा त्यो साहूले जिम्वाल मार्फत गराएका थिए रे । त्यस पछाडि सन्तेका हजुरबा अलि सतर्क भएर बोल्ने, अन्याय हुदाहुदै मिल्ने मानिस संग न्यायको पक्षमा कुरा गर्नु हुन्थ्यो । सन्तेको बाबा चाहि भरखर शाहि सेनाको जागिर छाडेर आएकोले वहामा बिद्रोह के हो? कसरि समाज परिवर्तन, रुपान्तरण गर्ने भन्ने कुराको स्पस्ट खाका थिएन तर न्याय, समानताका पक्षमा उभिने उहाको स्वभाव थियो । सन्ते वल्ला घर, पल्ला घरको साथिहरु संग खेल्ने उमेर पार गर्दै अब हजुरबा संगै गाइ, बाख्रा चराउन सहयोगी बन्ने भयो ।
त्यसोत सन्तेको भाइ गोपेको न्वारन र पाश्नि वैदिक विधी अनुसार हजुरबाले जानेका पुरोहित बोलाएर सम्पन्न गराउनु भयो । सन्तेको काम सुरुका दिनमा दिउसो हजुरबा संगै हिडने हुनाले गाइबस्तु कसरि हेर्नेमा केन्द्रित थियो । गाइबस्तुको चरन ढोकेको भिरबाट सतर्ककता साथ ओरालेर तल समथर ठाँउ थामचौरमा लगिन्थ्यो । थामचौरहरु तल्लो थामचौर मख्लो थामचौर र माझको थामचौर गरि तिनवटा समथर थामचौर थिए । यहा कलकलाउदा घासका पालुवाहरुमा गाईबस्तु राम्ररि चर्दथे । दिउसो बस्तुलाइ तिर्खा लाग्यो भने या त कालापानि वा सिममा ख्वाउन लगिन्थ्यो होइन भने घर ल्याउदा डाँडाको कुवामा आहाल बारेको थियो। यहि आहालको पानि ख्वाउने गरिन्थ्यो ।
ढोकेको भिर वारपार गर्दा कयौं दुहुनो गाई, जोत्ने गोरु भिरबाट लडेर मरेका घटनाहरुको बेलि बिस्तार सुनाउनु हुन्थ्यो सन्तेको हजुरवा । प्रकृतिले साच्चै मनोहर फाँटहरु दिएको थियो । तल्लो थामचौरमा मास्तिर आइतबारेको ढाँड थियो तल समथर भागमा कलिला कुरिलाका मुनाहरु काइयो, धगेराका मुना, भलायोका मुनाहरु पाइन्थ्यो भने माख्लोथामचौर सल्लाका रुखमुनि उम्रैको कलिलो घास चराउन बेग्लै आनन्द आउथ्यो । कालापानि, सिम आदि ठाँउमा प्राकृतिक मुलबाट पिउनको लागि पानि पाइने हुदा चरनका लागि उपयुक्त मानिन्थे । दिनभरि चरनमा चराएका गाइबाख्रलाइ पानि ख्याउने ठाँउ प्राकृतीको अलौकिक बरदान थिए । पानि ख्वाएर समथर ठाँउमा गाँइका बथान छाडने र बाख्राको बथानलाइ भिर तिर लगाइन्थ्यो किनकी उमे्रका कलिला मुनामा रम्ने बाख्राको बानि थियो ।
सन्तेलाइ भने एउटै स्वर्थ थियो कि आफ्ना आँखाले गाँइ र बाख्राको बथानलाइ टहलि रहन पाइयोस । प्रकृतिले साच्चै बरदान दिएको थियो । एक ठाँउदेखि अर्को ठाँउ विषेश किसिमले फरक थिए ।माथिल्लो थामचौरबाट गौरिसंकर हिमाल चाँदिभैm चम्किरहेको हुन्थ्यो भने चैत्र मैनाको अखण्ड गर्मिमा पनि साच्चै प्राकृतिको काखमा सितल पवनका झोकामा कावा खादाको आनन्द कुनैतारे होटेलमा चलाएको वातानुकुलकक्ष भन्दा अति उत्तम लाग्दथ्यो । समथर भागमा गाईबस्तु चराइने गरिन्थ्यो किनकि अप्ठेरो भिरमा गाइबस्तु जादैनन भने बाख्रहरु भिरमा चराइने गरिन्थ्यो । बाख्राहरु बाँदर पनि हिडन नसक्ने अक्करमा चर्दै त्याहि अड्केका घटना भन्नुहुन्थ्यो । मान्छे जान नसक्ने,बाख्रा अघाएर त्यहि अक्करमा बस्नाले, मानिस जान सक्ने ठाँउमा गएर बोलाउने गरिन्थ्यो कयौं दिनको कोशिस पछाडि कहिले तल आउथे भने कहिले बाघले खाने गर्दथ्यो ।
दिनको समयमा यसरि हजुरबा बाट सन्तेले व्यवहारिक ज्ञान प्रप्त गर्दै थियो भने बिहान बेलुका सल्लाको दाउराको भित्रिभाग जस्लाइ दियालो भनिन्थ्यो त्यो बालेर अक्षर लेख्ने र पढ्ने कामको थालनि हुने गर्दथ्यो । अक्षर लेख्न गाँउको धनमानेले बनाएको काठको पाटिमा दाउरा बालेर आउने कोइला चेप्टो ढुङ्गामा पिधेर पानिमा मुछेर पाटिकालो पर्ने गरिन्थ्यो अनि खरि ढुङ्गाबाट ल्याएको खरिले क देखि त्र र अ देखि अः सम्म लेख्ने गरिन्थ्यो । पाटिमा जति पटक पनि लेख्ने र मेटने गरिन्थ्यो । पाटिको कालोपन हराए पुनः अंगारले पोतेर नयाँ बनाउने गरिन्थयो । सन्तेको हजुरबाले संघर्षका कथाहरु पटक पटक सुनाउने गर्नु हुन्थ्यो । यसरि दियालोलाइ बत्तिको रुपमा उपयोग गरिन्थ्यो । अहिले जस्तो सिमित मात्र भएपनि बिजुलि बत्ति थिएन । एक त उत्पादन सिमित थियो । दोस्र राण शासन सकेर पंचायतले शासन गरेको बेला सर्वसाधरणलाइ बिजुलि बत्तिको पहुच थिएन । एकठाँउबाट अर्को ठाँउमा पु¥याउने ट्रान्समिसन लाइन थिएन ।
केहि मैनाको व्याबहारिक ज्ञान पछि हजुरबा यजमानकोमा जाने दिनमा गाइ बाख्रा चराउने कामको जिम्मा सन्तेलाइ दिइयो । एकैचोटि विश्वास नगरि माख्ला घरकि रुक्मिणीलाइ आवाश्यक सहयोग गर्न भनेको रहेछ । रुक्मिणी दिदीले भन्दैथिइन “हेर सन्तेभाइ मलाइ सघाइदिनु भनेको छ, तलाइ समस्या परे भन है । म सघाउ छु” मैले हुन्छ दिदी मद्यत चाहिए म माग्छु भनिदिए। सन्तेले आफ्नो आधि समय गाइहेर्न र आधि समय बाख्राहेर्न लगायो । बेलुकि गाई बाख्रा सजिलै गोठमा पु¥यायो र हजुरआमाले खुसि हुदै गोठमा बाध्नु भयो । हजुरबा यजमानको काम गरेर जब घर आउनु भयो मसंग दिनभरिको बेलिबिस्तार सोध्नुभयो ।
सन्तेले पनि गाईबस्तु थामचौरमा चराएको र बाख्राहरुलाइ बलभदे्रको भिरमा चराएको आधा समय गाइ हेर्न ब्याबस्थापन गरेको र बिचबिचको आधि समय बाख्रा हेर्न लगाएको बतायो । तर हजुरबाले रुक्मणीलाइ सन्ते सानै छ बाख्राचाहि हेर्दिन भन्नु भएको रहेछ । अनि हजुरबाले भनेको नमानेको हुनाले रुक्मणीलाइ गालि गर्छु भन्नु भयो । सन्तेले आदरपुर्वक हजुरबालाइ सम्झाउदै भन्यो “के भयो त मैले नसकेको भएपो अरुलाइ भन्ने त? आफ्नो जाँच पनि त भयो होइन हजुरबा सन्तेले भन्यो । हजुरबाले भन्नु भयो “मैले के सिकाउनु यो सन्तेलाइ ? यो बाट पो मैले धेरै सिक्नु पर्ने भयो ।”