काठमाडौं/ बुटवल पावर कम्पनीले आज (माघ १५ गते)बाट एफपीओ जारी गरिरहेको छ । कम्पनीको सेयरमा छिटोमा माघ १९ र ढिलोमा फागुन १५ गतेसम्म बिक्री खुला हुनेछ ।

[caption id="attachment_66835" align="aligncenter" width="865"] फायलफाेटाे[/caption]

४० लाख ८१ हजार कित्ता नयाँ सेयर (एफपीओ) जारी गर्न लगेको बुटवल पावर कम्पनीले ४ सय १ रुपैयाँ प्रिमियम तोकेको छ । यससँगै प्रतिकित्ता कम्पनीको सेयर मूल्य ५ सय १ भएको छ ।कम्पनीको सेयरमा न्युनत्तम १० कित्तादेखि अधिकत्तम २० हजार ४ सय कित्ता सम्मको लागि आवेदन दिन सकिनेछ । कम्पनीको बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ ।

कम्पनीको सेयर बजारमा ६ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । इक्रा नेपालले कम्पनीको सेयरलाई ग्रेड थ्री रेटिङ दिएको छ । यसको अर्थ कम्पनीको आधारभुत पक्ष औसत रहेको छ ।

सकारात्मक पक्ष

कुल २१.४ मेगावाटका दुई आयोजना सञ्चालनमा (९.४ मेगावाटको आँधिखोला र १२ मेगावाटको झिम्मरुक आयोजना)

३७.६ मेगावाटको काबेली ए हाइड्रो र ३० मेगावाटको न्यादी हाइड्रो निर्माणधिन

हिमाल पावर लिमिटेडबाट प्राप्त लाभांशको कारण स्थिर आम्दानी कायम गर्न सक्षम

४ वर्ष यता कर्जा भुक्तानीमा उल्लेख प्रगति, वित्तीय सहजता

सन् २०१६ सम्ममा आँधिखोला र झिम्मरुकबाट सम्झौता भएको प्लान्ट लोड फ्याक्टरभन्दा बढि विद्युत् उत्पादन

नकारात्मक पक्ष

५० हजार बढि ग्राहकको लागि आफैले विद्युत वितरण सञ्जाल सञ्चालन, तर यसबाट नाफा हुन सकिरहेको छैन । खिम्ति आयोजनामा ५० प्रतिशत लगानी रहेको हिमाल पावरबाट कम्पनीले पाउदै आएको लाभांश सन् २०२१ देखि २१ बाट गुम्ने, सो स्वामित्व सरकारमा जाने